प्रचण्डद्वारा शहीद परिवारसंग भेटघाट

तुलसीपुर, ११ माघ। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज(शुक्रबार) दाङमा शहीद तथा बेपत्ता परिवारसंग भेटघाट गरेका छन् । तुलसीपुर ८ का बटवलपुरका शहीद परिवासंग भेटघाट गरेका छन् ।

त्यस अवसरमा प्रचण्डले वेपता र सहिद परिवारकाे हितका लागि आफू सरकारमा हुँदा पहल गरेकाे बताउनुभयाे । टिआरसी विद्ययेक पास गर्न सफल भएकाे समेत उहाँकाे भनाई थियाे । सहिद परिवारलाई भेट्न पनि गाउँ गाउँमा जाने गरेकाे बताए ।


जहाँ एकै घरका ६ जना शहीद भएका थिए । घरमै बसिरहेको अबस्थामा नेपाली सेनाले बम बिस्फोट गर्दा आमा चम्फाकली चौधरी, छाेरा सीतकुमार चौधरी, छाेरी कमला चौधरी, छाेरा चन्द्रबहादुर चौधरी, छाेरी रामकुमारी चौधरी,छाेरी रिता चौधरीको घरमै बसिरहेको अबस्थामा मृत्यु भएको हो । सोही वडामा १९ जना शहीद परिवार छन् ।