तुलसीपुरमा जुवाको खालबाट पाँच जना पक्राउ

तुलसीपुर, २२ असोज । दाङको तुलसीपुरमा जुवाको खालबाट पाँच जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक इश्वर थापाका अनुसार मंगलबार अपरान्ह ४ बजेतिर शान्ती कर्मकोट सामुदायिक वन स्थित जंगल भित्र जुवा खलिरहेको सूचनाका आधारमा छापा मार्दा पाँच जनालाई पक्राउ गरिएको हो ।


पक्राउ पर्नेमा रोल्पा परिवर्तित गाउँपालिका २ निवासी २८ बर्षीय हिमाल वली, घोराही उपमहानगरपालिका वडा नं. १२ निवासी ३३ बर्षीय जिवराज रावत, घोराही ९ निवासी २७ बर्षीय केशव शाह, घोराही १३ निवासी ३० बर्षीय सुर्य बोहरा र वंगलाचुली गाउँपालिका ३ निवासी ३० बर्षीय केदार परियारलाई पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट ७० हजार नगद तथा ६ थान तासका गड्डी समेत बरामद गरिएको छ ।