
तुलसीपुर १७ माघ । दाङको तुलसीपुर स्थित ग्रेट अरनीको माविका पूर्व विद्यार्थीहरु संगठित भएका छन्।
बिहिबार तुलसीपुरमा भएको भेलाले पूर्व विद्यार्थी पूर्णविक्रम डाँगीको अध्यक्षतामा कार्यसमिति गठन गरेको हो। जसको उपाध्यक्ष सीता भण्डारी र रोमप्रसाद भट्टराई , सचिवमा बुद्धिराज सापकोटा, कोषाध्यक्षमा केशवराज न्यौपाने तथा सहसचिबमा शान्ति खड्कालाई चयन गरिएको छ ।
त्यस्तै सदस्यहरुमा अर्जुन भट्टराई, सुवास हमाल, मधुसुदन भण्डारी,रुद्रमणी आचार्य, श्रीसा आचार्य,यमुना वली,इन्द्रबहादुर खत्री र समिक्षा चौधरीलाई चयन गरिएको छ । त्यस्तै समितिको प्रबक्तामा दिनेश बस्नेतलाई चयन गरिएको छ, भने सल्लाहकारमा चिरञ्जिवी बुढामगर, माधव वली र मोहन भण्डारीलाई चयन गरिएको छ ।



समितिको संरक्षकमा विद्यालय सल्लाहकार समिति अध्यक्ष, विद्यालयका प्रिन्सिपललाई राखिएको छ । नयाँ समितिको पद हस्तान्तरण १९ माघमा गरिनेछ ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मानबहादुर बस्नेत, प्रिन्सिपल विष्णु प्रसाद देवकोटा, भाइस प्रिन्सिपल कमल प्रकाश शर्मा, कार्यक्रम निर्देशक नेत्रलाल भट्टराई, फाइनान्स डाइरेक्टर नवराज भण्डारी, ईसीए कोर्डिनेटर मेघराज पोख्रेललगायतको सहभागितामा कार्यक्रम भएको हो । पूर्व विद्यार्थीहरुका हरेक समस्यामा एकाकार गर्नकालागि यो समिति निर्माण गरिएको हो ।
लाइभदाङ । १७ माघ २०८१, बिहीबार २०:३५ बजे