दाङमा बहुला कुकुरले २६ जना भन्दा बढिलाई टोक्यो

तुलसीपुर
२४ भदौ / दाङमा बहुला कुकुरले एकै दिन २६ जना भन्दा बढिलाई टोकेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ भमके, अस्वारालगायतका क्षेत्रमा एकैदिन कुकुरले टोकेको हो । आज(विहीबार) विहान ११ बजेदिखि साँझसम्म पनि कुकुरले टोकेका विरामीहरु आउनेक्रम जारी रहेको राप्ती प्रादेशिक अस्पतालका फार्मेसी प्रमुख सुलभ अधिकारीले जानकारी दिनुभयो । “दिउसो ७/८ जना आउनु भएको थियो, अहिलेसम्म २६ जना भन्दा बढि आईसक्नु भएको छ,”, उहाँले भन्नुभयो“ अझै पनि त्यस्ता विरामी आउनेक्रम जारी छ ।”

बहुला कुकुरले टोकेको भएर विरामीहरुलाई ‘आरआईजी’ खोप लगाउनु पर्छ । तर, त्यो खोप अस्पतालमा छैन । २४ अ‍ै घण्टा भित्र त्यो खोप लगाईसक्नु पर्ने उहाँले बताउनुभयो । बुटवल, नेपालगञ्ज काहीँ पनि त्यो खोप नपाईएपछि विरामीलाई काठमाडौं पठाउन थालिएको उहाँले बताउनुभयो । “बुटवलमा पनि त्यो खोप रहेनछ, नेपालगञ्ज पनि रहेनछ, त्यसकालागि काठमाडौं नै पठाउनु पर्छ”, उहाँले भन्नुभयो “चारजनालाई त अघि नै पठाईसक्यौँ, बाँकीलाई पनि अब पठाउने तयारी छ ।” टेकुमा त्यो खोप निःशुल्क लगाईने भएकाले त्यही पठाउन लागिएको अधिकारीले बताउनुभयो ।


सामान्य कुकुरले टोकेपछि एआरबी खोप लगाएपनि हुने तर, बहुला कुकरले नै टोकेकाले आरआइजी खोप पनि लगाउनु पर्ने उहाँले बताउनुभयो । एकै पटक धेरै ठाउँका व्यक्तीलाई टोकिरहेको भन्दै त्यो कुकुरलाई तत्काल नियन्त्रणमा लिएको भए त्यो समस्या नआउने समेत उहाँले बताउनुभयो । “एकैपटक ८ जनालाई टोकेको बेला नियन्त्रणमा लिएको भए अरुलाई टोक्न पाउन्थेन”, उहाँले भन्नुभयो “तर, त्यसलाई नियन्त्रणमा नलिदा त्यो कुकुरले टोक्दै हिडिरहेको छ ।”

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'