लुम्बिनीमा प्रतिवेदनसहितको निजामति विद्येयक सभामा पेश

तुलसीपुर,२१ भदौ । लुम्बिनी प्रदेशसभामा प्रतिवेदनसहितको प्रदेश निजामति सेवाको गठन,सञ्चालन र सेवाका शत्र सम्बन्धमा ब्यबस्था गर्न बनेको प्रतिवेदनसहितको विद्येयक पेश भएको छ ।

प्रदेश आन्तरिक मामिला तथा कानुन समितिका जेष्ठ सदस्य सुधाकर पाण्डेले विहीबार बसेको २४ औं बैठकमा उक्त प्रतिवेदनसहितको विद्येयक पेश गर्नुभएको हो ।


२३ प्रदेशसभा बैठकले प्रतिवेदनसहितको विद्येयक तयार गर्न आन्तरिक मामिला तथा कानुन समितिलाई दिएको थियो । एक महिनाको कसरत पछि समितिले प्रतिवेदनसहितको विद्येयक तयार गरि संसदमा पेश गरेको हो ।

विद्येयकको प्रतिबेदनको तयारीकागि आम नागरिकसमक्ष सुझाब माग गरेको थियो भने विज्ञको सल्लाह समेत लिएको थियो । सभाको अर्को बैठक शुक्रबार दिउसो १ बजे तय गरिएको छ ।