घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको साधारणसभा

तुलसीपुर, १२ असोज । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको प्रथम वार्षिक साधारणसभा भएको छ । शनिबार महासंघले साधारणसभा गरेको हो ।

साधारण सभाको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले गरेका थिए ।त्यस अवसरमा उनले पछिल्लो समय साना उद्योगहरु बन्द हुने क्रम बढिरहेको भन्दै यसमा समीक्षा हुन आबश्यक रहेको बताए ।

उनले साना उद्यमीहरुलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउने समेत उनले बताए । उद्योगहरु बन्द हुने अबस्थाले युवा पलायन पनि बढिरहेको उनको भनाई थियो ।

महासंघ तुलसीपुरका अध्यक्ष लाल बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्टि अतिथि तुलसीपुर उपमहानगरपालिकाका कार्यबहाक नगर प्रमुख माधव वलीले स्थानीय उत्पादनलाई बजारीकरण गर्नु अहिलेको आबश्यकता रहेको बताए।


कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका सह–कोषाध्यक्ष दिपेश भण्डारी, तुलसीपुर चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष सन्तोष खड्का, अण्डा तथा दुग्ध उत्पादक किसान सासिरम बुढाथोकी, माओवादी केन्द्र तुलसीपुरका नगर सचिबालय सदस्य प्रकाश वली, तुलसीपुर खानेपानी सरसफाई उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष यमकान्त भण्डारी, युथ अफ तुलसीपुरका अध्यक्ष अरुण लहरे लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

त्यस अवसरमा बक्ताहरुले साना उद्योगहरुलाई संरक्षण गर्न यस संस्थाले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरेका थिए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका बरिष्ठ उपाध्यक्ष सचिन पौडेलले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।