
शान्त कमार बुढा मगर
नाका, १० भदौ ।
दाङको राजपुर गाउँपालिका–७ स्याउले नाका निवासी सोहि वडाको शिवशक्ति माध्यमिक विद्यालय भौवानाकामा कार्यरत शिक्षक तुल वहादुर पुनको हृदयघातका कारण मृत्यु भएको छ ।
गत साउन ३१ गते आइतवार विद्यालय जाने क्रममा अचानक हृदयघात भएपछि पुन मगरलाई भारत हुदै उपचारका लागि नेपालगन्ज लगिएको थियो। उपचारका क्रममा ११ दिनसम्म होसमा नआएका उहाँको आज विहान निधन भएको विद्यालयका प्रधानाध्यापक लिलाधर वि।कले जानकाारी दिनुभएको छ । आजै शवलाई भारतिय वाटो हुदै घर पुराईएको छ ।
शिक्षक सेवा आयोगबाट २०८० सालमा स्थायी शिक्षक नियुक्त भई पर्सा जिल्लामा कार्यरत पुन दुई महिनाअघि मात्रै उहाँको घरपायक सरुवा भएको थियो । असार १ गतेदेखि लागू हुने गरी सरुवा भएपछि उहाँ आफ्नै गाउँकै आफु अध्ययन गरेकै शिवशक्ति माध्यमिक विद्यालयमा अध्यापनरत हुनुहुन्थ्यो।
सरल स्वभावका रहेका पुन स्थायी नियुक्तिपछि पर्सामा कार्यरत रहेर लामो समयपछि घरपायक विद्यालयमा सेवा गर्ने अवसर पाए पनि छोटो समयमै निधन भएपछि विद्यालय परिवार तथा स्थानीय समुदाय शोकमा परेको छ।
पुन मगरका श्रीमती र एक छोरा छन्। उहाँको निधनले परिवारमा अपूरणीय क्षति पुगेको आफन्त तथा स्थानीयले बताएका छन्।



लाइभदाङ । १० भाद्र २०८३, बुधबार २०:२८ बजे