नेपाल तरुणदल तुलसीपुरद्वारा रक्तदान कार्यक्रम

तुलसीपुर, २७ असाेज
नेपाली काङ्ग्रेसकाे भातृ संगठन नेपाल तरुण दल तुलसीपुर नगरकाे आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रक्तदान कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस दाङ जिल्ला सभापति शंकरप्रसाद डाँगीले नेपालीहरुको महान् चाड दशै,तिहार र छठ जस्ता चाडपर्वले एक आपसमा आत्मीयता,सद्भाव कायम राख्ने बताए । उनले नेपाली कांग्रेस पार्टीलाई चलायमान बनाउन सधैं एकजुट भएर अघि बढ्न आग्रह गरे ।


नेपाल तरुणदल तुलसीपुर नगर अध्यक्ष कमल घर्तिको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य बुद्धिराम भण्डारी,नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ का सभापति जगत खड्का,३ क का सभापति देवेन्द्र रिजाल,महाधिवेशन प्रतिनिधि देविका नेपाली, महाधिवेशन प्रतिनिधिहरु सुशिला सुवेदी,घनश्याम ढकाल,बिमल रिजाल, केउलापति चौधरी,नेका क्षेत्र नं. ३ का क्षेत्रीय सचिव शोभाकर सापकोटा, क्षेत्र नं. ३ ख का सभापति खिमवहादुर वली,नेपाली कांग्रेस तुलसीपुर नगर सभापति सुरेश हमाल, शान्तिनगर गाउँपालिकना अध्यक्ष प्रमोद बस्नेत,तुलसीपुर ५ का वडाध्यक्ष बिरेन्द्र शाह, वडा नं. १० का अध्यक्ष यमराज केसी लगाएतको उपस्थिती रहेको थियो ।

विपिन वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नगर सचिव केशवराज न्यौपानेले गरेका थिए ।