दाङ, १७ भदौ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित डिभाइन टेम्पल एकाडेमीले सोमबार परेको बुवाको मुख हेर्ने दिनमा विद्यालयमै कार्यक्रम ग¥यो । जसमा एकाडेमीमा अध्ययनरत विद्यार्थीहरु र वुवाहरुलाई एउटै मन्चमा उभ्याईयो । त्यसपछि विद्यार्थीहरुले आफ्ना वुवाहरुबाट सोही ठाउँबाटै आशिर्वाद लिए, भने वुवालाई सम्मान गरे ।
विद्यार्थी र अभिभावकको भावनात्मक सम्बन्ध विस्तारकालागि यो कार्यक्रम आयोजना गरिएको विद्यालयका संस्थापक भोजराज न्यौपनेले बताए ।“पछिल्लो समय बढ्दो विज्ञान र प्रबिधिले मानिश–मानिशबीचको आत्मियता घटाउँदै लगेको छ”,उनले भने “यसलाई न्यूनिकरण गर्न हामीले यो कार्यक्रम ग¥यौं ।”
कार्यक्रममा प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिब माधव अधिकारीले बुवाको मुख हेर्ने दिनमा मात्रै सामाजिक सञ्जालमा फोटो पोष्ट गर्ने अन्य दिनमा आमावुवालाई महत्व नदिने अबस्थाको अन्त्य हुनुपर्ने बताए ।“आमावुवालाई नहेर्ने गरेको गुनासो पनि धेरै आउछन्”,उनले भने “जीवन दिने आमावुवालाई हेरचाह गर्ने कुरामा ध्यान दिने छोरा नै असल छोरा हुन्छ ।”
केही आमावुवाहरु बृद्धाश्रम बस्नु पर्ने अबस्था रहने गरेको भन्दै त्यो अबस्था अन्त्य हुनुपर्ने उनले बताए । छोराछोरीले आफ्नो वुवाआमाकालागि पनि समय छुट्याउनु पर्ने उनको भनाई थियो । साथै मोतिराम भट्टको जन्मजयन्तीका समेत परेकाले गजल वाचन पनि गरिएको थियो । डिभाइन एजुकेसन फाउन्डेसनका संस्थापक भोजराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा कपिलमणि लामिछाने र प्रतीक सक्रामीले गजल वाचन गरेका थिए ।
कार्यक्रममा पत्रकार दीपक बोहरालगायतले मन्तब्य ब्यक्त गरेका थिए । बिद्यालयकी सस्कृत प्रशिक्षक माधवा शर्मा पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक महेस लामिछानेले गरेका थिए ।
लाइभदाङ । १७ भाद्र २०८१, सोमबार २३:१० बजे