दाङको शान्तिनगर गाउँपालिकाले शनिबार पनि सेवा दिने

तुलसीपुर, २० असार । दाङको शान्तिनगर गाउँपालिकाले शनिबार पनि सेवा दिने भएको छ । २१ असारमा पर्ने शनिबारको दिन पनि सेवा दिने भएको हो ।

पालिकाका प्रशासकीय अधिकृत कृष्ण कडेँलका अनुसार चालुु आर्थिक बर्षको भक्तानी र निकासा २५ असारदेखि बन्द हुने भएकाले शनिबार पनि भुक्तानी र निकासासंग सम्बन्धित काम गर्नकालागि कार्यालय खुल्ने भएको हो ।

पालिका सहित सातवटै वडा कार्यालयहरुले सेवा प्रवाह गर्ने उनले बताए । यसले सेवाग्राहीलाई सहज बनाउने उनको भनाई थियो ।