तुलसीपुुरका डाँगीले दिए जनार्दनलाई साथ

तुलसीपुर,७ मंसिर । दाङको तुलसीपुर निवासी घनश्याम डाँगीले तत्कालिन माओवादी केन्द्र छोडेका छन् । उनले पार्टी निकट अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रीय सदस्य तथा अखिल नेपाल यातायात मजदुर संघको केन्द्रीय उपमहासचिब पदमा नरहेको घोषणा गरेका छन् ।

आईतबार एक विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन् । उनले जनार्दन शर्माको प्रगतिशिल राष्ट्रिय अभियानलाई साथ दिने समेत बताएका छन् ।

उनी २०५६ सालदेखि अखिल क्रान्तिकारीको सदस्य हुँदै २०६७ सालदेखि हालसम्म निरन्तर ट्रेड युनियनमा आबद्ध रही काम गरेका छन् । उनी यस अघि भएको माओवादी केन्द्र तुलसीपुर नगरको अध्यक्षमा समेत प्रतिस्पर्धा गरेका ब्यक्ती हुन् ।


डाँगी तुलसीपुरका ब्यबसाय हुन् । यस अघि पार्टी निकट ब्यबसायी संगठनको तुलसीपुर नगर अध्यक्ष समेत थिए ।