अन्तराष्ट्रिय वेपत्ता दिवसः परिवार न्याय खोज्दै थकित

तुलसीपुर,१४ भदौ । मुलुकमा शान्ति सम्झौता भएको लामो समय भयो । मुलुकमा भएको १० बर्षे जनयुद्धमा बेपत्ता भएकाहरुको अझै पनि पहिचान हुन सकेको छैन । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १ भमके निवासी लुमा गैरेका श्रीमान २०५९ सालमा वेपत्ता पनि अहिलेसम्म कुनै अत्तो पत्तो छैन् ।

बेपत्ता पारिएका पतिको खोजी गर्ने र आशु झार्नु आफ्नो दैनिकी नै बनेको भएपनि भेटाउन नसकिएको उहाँको गुनासो छ । उहाँका श्रीमान लेबहादुर बिष्टको नामा १० लाख रुपैया राहात प्राप्त गरेपनि त्यसले आफूलाई जीवन धान्न गाह्रो भएको छ।

त्यस्तै समस्या तुलसीपुरको जवधावाकी ज्ञानु विष्टको पनि समस्या उस्तै छ । उहाँको छोरा ११ बर्षका हुँदा बेपत्ता भपनि अहिले सम्म पनि फेला परेका छैनन् । उहाँका छोरा बेपत्ता भएको पनि २० बर्ष भयो ।


त्यस्तै तुलसीपुर १२ की टिका डाँगीले पनि पोखरामा पढ्दै गरोक आफ्नो छोरा गुमाउनु परेको थियो । तर, उनले अहिले पनि न त छोराको लाश भेटाउन सक्नु भएको छ, न त सहास भेटाउन सक्नु भएको छ । २० बर्ष भयो, न त छोराको लाशा भेटाएकी छु”,उहाँले भन्नुभयो“ न त सहास भेटाउन सकेक छु ।”
नेपाल रेडक्रस सोसाईटी दाङको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा अन्तराष्ट्रिय वेपत्ता दिवसको अवसरमा शुक्रबार तुलसीपुरमा आयोजित कार्यक्रममा पीडितहरुले यस्तो गुनासो गरेका हुन् ।

यी त केही उदाहरण मात्रै हुन्, अहिलेसम्म पनि दाङका जम्मा ८१ जना वेपत्ता पीडितले अझै पनि न्याय पाउन सकेका छैनन् । आफन्त बेपत्ता भएपनि अझै पनि उनीहरुलाइ नभेटाउँदा उनीहरु पीडामाथि पीडा थपिएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका भित्रका बेपत्ता परिवारहरुकालागि स्वास्थ्य तथा शिक्षामा सुविधा प्रदान गर्ने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बताउनुभयो । लामो समयदेखि बेपत्ता परिवारले न्याय पाउन सकेका छैनन् । सत्य निरुपन तथा मेलमिलाप आयोगले पनि जिल्लाका द्वन्दपीडितको सत्य, तथ्य न्या दिन सकेको अबस्था छैन ।