गोरखा आवासीयका विद्यार्थी भन्छन्ः कथा जीवन जिउने कला रहेछ

तुलसीपुर, २ मंसिर ।
गोरखा आवासीय विद्यालय तुलसीपुरमा कक्षा ६ मा पढ्ने विद्यार्थी एलिना कठायतले पहिले किताबमा मात्रै कथा पढेकी थिइन । तर, अहिले आफैले कथा लेख्न सिकेपछि फरक अनुभूति गरिन ।“कथा जीवन जिउने कला रहेछ, कथा किताबमा पढेकी थिएँ, अहिले आफै लेख्न सिकेकी छु”,उनले भनिन्“आफैले लेखेको कथा पढ्दा छुटै अनुभूति हुदो रहेछ ।” कथाले सोँच, मन र समाज परिबर्तन गर्न सक्ने उनले बताईन् ।

कक्षा ७ कै जेनिसा दसौदीलाई पहिल्यै देखि कथा लेख्न मन लाग्थ्यो । तर, कथा लेख्न जान्दैनथिन । कथा कसरी लेख्ने भन्ने पनि थाहा थिएन । तर, अहिले आफैले कथा लेख्न थालेकी छन् ।  त्यस्तै पहिलो पटक आफूले कथा लेखेर सुनाउन पाउँदा खुसी भएको कक्षा ७ की छात्रा आयुसा पोख्रेलले बताईन् ।

कक्षा ७ की एलिजा देवकोटाले कथाका तत्वहरु थाहा पाएकी थिइनन् । कथाका तत्व, त्यसले समाजमा पार्ने प्रभाबलगायतका विषयमा जानेको उनले बताईन् । कथाले समाजका अन्धविश्वास,करिति, विकृति, विसंगति अन्त्य गर्न तर्फ भूमिका खेल्ने समेत उनले बताईन् ।

गोरखा आवासिय विद्यालयमा भदौ २२ देखि २४ गतेसम्म भएको कथा लेखन कार्यशाला भएपछि यसरी विद्यार्थीहरुले कथा लेख्न सिकेका हुन् । उनीहरुले सोमबार आफूले लेखेका कथा समेत बाचन गरेका थिए । उनीहरुले बाचन गरेका कथाहरुले समाजका चित्र बोलेको समीक्षक खगेन्द्र काफ्लेले बताए । कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूले कार्यशालामा सहभागी भएर आफ्ना कथाहरू तयार परेका हुन् ।

कक्षा ७ की स्वस्तिका डिसीले घरमा बुवाले मादक पदार्थ सेवन गर्दा परिवारमा परेको असरबारे कथा लेखेर वाचन गरेकी थिइन । यस्तै कक्षा ७ कै सोनम राम्जाले धार्मिक विभेदका कारण समस्यामा परेको एक परिवारले सानो होटल व्यवसायबाट फाइभ–स्टार होटलसम्मको यात्रा गर्न सफल भएको कथा प्रस्तुत गरेका थिए ।
कक्षा ६ की जेनिसा डाँगीले सफलताका लागि मेहनत नै सबैभन्दा महत्वपूर्ण पक्ष हो भन्ने सन्देशसहितको कथा प्रस्तुत गरिन।


गोरखा आवासिय विद्यालयका प्रधानाध्यापक रबिन खड्काको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा अधिकृत चित्रा बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । प्रमुख अतिथि बस्नेतले सानै उमेरदेखि बालबालिकालाई कथा लेखनमा अभ्यस्त गराउँदा सिकाइमा ठूलो प्रभाव पर्ने बताईन् ।

त्यस्तै गोरखा मावि तुलसीपुरका प्रधानाध्यापक विजयमान जिएमले विद्यार्थीले लेखेका कथाहरूलाई पुस्तकमा प्रकाशित गर्ने तयारी रहेको जानकारी दिए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका–६ की सदस्य देवी पोखरेल, प्रशिक्षक विजयराज अधिकारी, पत्रकार दीपक बोहोरा लगायतले बालबालिकाको कथा लेखन सीप विकासमा कार्यशालाले महत्वपूर्ण योगदान र्पुयाउने धारणा राखेका थिए ।

विद्यार्थीको चौतर्फी विकासमा गोरखा आवासिय
गोरखा आवासिय विद्यालयले विद्यार्थीको चौतर्फी विकासमा ध्यान दिएको गोरखा ग्रुपका एकाडेमिक डाइरेक्टर दुर्गा बहादुर केसीले बताए । उनका अनुसार विद्यार्थीहरुलाई विहान ७ बजेदेखि साँझ साढे ५ बजेसम्म विद्यालयमा राखेर बिभिन्न क्रियाकलापहरु गराउने गरिएको छ । ग्रुपको पाँचौं र फरक स्कुलका रुप्मा गोरखा आवासीय रहेको समेत उनले बताए । विद्यालयमा साप्ताहिक रुपमा संगीत कक्षा, बिभिन्न खेलकूदका कार्यक्रम हुने, हस्तलेखन तथा मनोविज्ञान सम्बन्धि जाँच हुने गरेको उनले बताए ।

यसैगरि बर्षमा एक पटक कथा लेखन कार्य हुने समेत उनले बताए । साथै विद्यार्थीहरुले गृहकार्यहरु समेत स्कुलमै गर्नुपर्ने, इग्लिस स्पिकिङ्का कक्षाहरु सधै भइरहेको समेत केसीले बताए । ब्यस्त अभिभावकहरुका विद्यार्थीहरुको शारिरीक, मानसिक, संवेज्ञात्मक तथा सामाजिक विकासमा ध्यान दिनुकासाथै विद्यार्थीहरुको चौतर्फी विकासकालागि यस्तो कक्षा सञ्चालनमा ल्याईएको उनले बताए । विद्यार्थीहरुलाई खाना, नास्ताको समेत ब्यबस्था हुने गरेको छ ।