घाँस–दाउरा गर्दै पढेका महेन्द्र, अहिले उद्योग वाणिज्य संघको नेतृत्व दौडमा

दाङ, ०९ असोज ।
२०३४ साल जेठ १३ गते रुकुम (हालको रुकुम पूर्व) को एउटा गरिब परिवारमा जेठो छोराका रूपमा महेन्द्र बुढाथोकीको जन्म भएको थियो। बाल्यकालमा निकै चञ्चल र नयाँ कुरा सिक्न उत्सुक स्वभावका महेन्द्रको प्रारम्भिक जीवन विकट पहाडी गाउँमै बित्यो। तीन भाइ र दुई बहिनीको ठूलो परिवारमा आर्थिक अभाव दैनिक जीवनको पर्याय जस्तै थियो। विद्यालय पुग्नै दुईदेखि तीन घण्टाको अप्ठ्यारो पहाडी बाटो हिँड्नु पथ्र्यो। सानै उमेरदेखि आमाबुवासँगै घाँस–दाउरा गर्ने, अर्काको घर बनाउने तथा ज्यालादारी काम गर्दै उनले आफ्नो पढाइलाई निरन्तरता   दिए ।

विकटता र अभावका बिच पनि मेलापात जाने, दसैँ–तिहार जस्ता पर्वहरूमा नाचगान र रमाइलो गर्ने बाल्यकालका स्मृतिहरू उहाँको मानसपटलमा अझै ताजै छन् ।

पहाडको सास्तीदेखि तराईको जगसम्म
रुकुमकै छिमेकी गाउँबाट विहे गरेपछि उनी जीवनमा नयाँ आधार र अवसरको खोजीमा रुकुमबाट दाङ झरे । पहाडको गरिबी र अभावबाट निस्किएर नौलो ठाउँमा आफूलाई स्थापित गराउन उनले अनेकौँ चुनौती र कठिन संघर्षको सामना गरे । “दाङ झरेपछि सुरुवातका दिनहरु कठीन थिए”,उनले भने“ सुरु–सुरुमा निकै संघर्ष गर्नुप¥यो ।”

तर निरन्तरको लगनशीलता र मिहिनेतका कारण उहाँले दाङमा आफ्नो व्यापार–व्यवसाय सुरु गरे । व्यावसायिक सफलतासँगै उनले स्थानीय तहमा सामाजिक, आर्थिक तथा राजनीतिक रूपमा सहयोग र सेवा प्रदान गर्दै आफूलाई एक स्थापित व्यक्तित्वका रूपमा उभ्याउन थाले । एक गरिब परिवारको जेठो छोरा हुनुको नाताले परिवारप्रतिको कर्तव्य निभाउन महेन्द्र बुढाथोकी सधैँ अग्रसर रहे । हाल उनका भाइहरू वैदेशिक रोजगारी तथा बाहिरतिर रहेकाले घरमा रहेका बुबा–आमा र सम्पूर्ण परिवारको संरक्षण तथा हेरचाह उनले नै गर्दै आए ।

अहिले घर परिवारको साथ र सहयोगमा उनको ब्यबसायिक सफलता प्राप्त गरिरहेका छन् । उनी व्यावसायिक संस्थाहरू, स्कुल–कलेज तथा आफ्नै व्यवसायमा सक्रिय रूपमा लागि रहेका छन् ।

राजनीतिमा कुनै ठूलो महत्त्वाकांक्षा वा पदको लोभ नराखी व्यवसायीहरूका हक–हित, अधिकार र संरक्षणका मुद्दा उठाउने तथा सुलभ सेवा उपलब्ध गराउनेतर्फ नै आफू केन्द्रित रहेको महेन्द्रको भनाई छ ।


उद्योगदेखि शिक्षा क्षेत्रमा योगदान
उनीले एमडिएस पल्ट सोल्युसनु नामक फर्म सञ्चालन गर्नुका साथै ‘सभ्यता पापठाला, नोभा कलेजको अध्यक्षको रूपमा नेतृत्व प्रदान गर्दै आएका छन् ।

उनी दाङ जिल्ला उद्योग वाणिज्य संघमा एक कार्यकाल सदस्य र दुई कार्यकाल महासचिव भई नेतृत्व सम्हालेका छन् ।

उनी सर्रा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको सल्लाहकारका रूपमा क्रियाशिल छन् । यीसहित उनी अन्य बिभिन्न संघसंस्थामा आबद्धता छन् ।

चाकडी गरेर हुँदैन
आफ्नो जीवनको यस मोडसम्म आइपुग्दा महेन्द्र बुढाथोकीले संघर्ष र स्वाभिमानको ठूलो पाठ सिकेको बताउछन् । कसैको चाकरी वा चाप्लुसी नगरी आफ्नै मिहिनेत र पसिनाको बलमा अगाडि बढेमा कसैले पनि रोक्न वा छेक्न सक्दैन भन्ने उनको दृढ विश्वास छ। जीवन आफैँमा संघर्षको एउटा पाठ भएकाले कहिल्यै हार नखाई हरेक परिस्थितिमा सम्हालिएर अगाडि बढ्नुपर्ने उनी बताउछन् । धेरै महत्त्वाकांक्षी हुनुको साटो जे छ त्यसमै सन्तुष्ट रहेर अर्थपूर्ण जिन्दगी जिउनु र समयको कदर गर्दै आफ्नो दायित्व पूरा गर्नु नै उनको मूल जीवन दर्शन बनेको छ।

उनी महेन्द्र हाल दाङ जिल्ला उद्योग बाणिज्य संघको बरिष्ठ उपाध्यक्षमा उम्मेदवार छन् ।