वाईसिएल दाङको इञ्चार्जमा माईकल

तुलसीपुर
१८ मंसिर /  योँग कम्युनिष्ट लिग(वाइसिएल) दाङको इञ्चार्जमा अमर नेपाली (माईकल)लाई चयन गरिएको छ ।

संगठनको शुक्रबार बसेको बैठकले माईकललाई दाङको इञ्चार्जमा चयन गरेको हो । आफूले पाएको जिम्मेवारी कुसलतापूर्वक सम्पन्न गर्ने माइकलले बताएका छन् ।


उनी तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य समेत हुन् ।

त्यस्तै संगठनले लुम्बिनी प्रदेशको सहसंयोजकमा दाङका गोपाल वली(प्रविण) र सरोज पन्तलाई चयन गरेको छ । उनीहरु जनयुद्धका कमान्डर समेत हुन् ।