लुम्बिनीमा आजदेखि बजेटमाथि छलफल हुने

दाङ, १३ असार । लुम्बिनीमा सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमाथि आज बुधबारदेखि संसदमा छलफल हुने भएको छ।

बजेटबारे छलफलका लागि प्रदेश सभा बैठक आज दिउँसो तीन बजेका लागि बोलाइएको छ ।


प्रदेश सभा सचिवालयका अनुसार आज बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले प्रस्तुत गरेको आर्थिक वर्ष ०८०/०८१ को बेजटमाथि छलफल हुने सम्भावित कार्यसूची रहेकाे छ।

यसअघि असार १० गते बजेटमाथि छलफल गर्ने गरी बैठक आह्वान गरिएको थियो ।