लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङमा कडायत आउँदै

तुलसीपुर,२४ पुस । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को सरूवा/काज भएको छ।

मंगलबार गृह मन्त्रालयले १६ डिआइजीको सरूवा/काज गर्ने निणर्य गरेको हो।

कोशीमा चन्द्रकुवेर खापुङ, मधेसमा यज्ञ विनोद पोखरेल, बागमतीमा विष्णुकुमार केसी, गण्डकीमा विकासराज खनाल, लुम्बिनीमा कुवेर कडायत, कर्णालीमा लालमणि आचार्य प्रदेश प्रमुख भएका छन्।

यस्तै, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत रबिन्द्र केसीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन्।


लुम्बिनीमा आएका कडायत यस अघि दाङ जिल्लाको प्रहरी प्रमुखको रुपमा पनि कार्यरत थिए ।

No description available.

No description available.No description available.