विद्यार्थी छोडेर फर्किदै गरेको स्कुलबस दुर्घटना

तुलसीपुर, ८ साउन । दाङमा स्कुल बस दुर्घटनामा परेको छ ।

मंगलबार अपरान्ह ५ बजेतिर दंगीशरण गाउँपालिका ५ स्थित नेपाल पब्लिक एकेडेमीको बस दुर्घटनामा परेको हो ।

हेकुलीमा विद्यार्थी छोडेर फर्किदै गरेको अबस्थामा हेकुली चोकमा बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।


गाडीमा चालक २८ बर्षीय दीपक चौधरीसहित ३ जना थिए ।

रा १ ज २१९ नम्बरको उक्त बस आफै अनियन्त्रित भई पाँच मिटर टल खसेको हो ।