लुम्बिनीको मुख्यमन्त्रीमा एमालेको दावी रहन्छ : महासचिब पोखरेल

तुलसीपुर,१७ पुष ।
नेकपा एमालेका महासचिब शंकर पोखरेलले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेको दावी रहने बताउनुभएको छ । लुम्बिनी प्रदेशमा नवनिर्वाचित सांसदहरुको सथप ग्रहण समारोहमा सहभागि हुनुभएको संस्थापक मुख्यमन्त्री समेत रहनु भएका पोखरेलले लुम्बिनीमा एमाले ठूलो पार्टी भएकैले अन्य दलहरुले एमालेलाई नै नेतृत्व सुम्पिनेमा विश्वस्त रहेको समेत बतउनुभयो ।

“स्वभाविक रुपमा अन्य दलहरुले जहाँ जसको स्टेट त्यहाँ त्यसलाई नेतृत्वको जिम्मा सुम्पनु हुन्छ, भन्ने म ठान्छु यद्यपी हामी छलफल गर्न बाँकी छ”,उहाँले सञ्चारकर्मीहरुसंग भन्नुभयो“छलफल पछि एउटा निष्कर्ष निक्लेला तर,पनि राजनीतिक दलहरुको स्टेटका आधारमै नेतृत्वको प्रश्न निरुपन होला भन्ने म ठान्छु ।”


केन्द्रमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसहितको गठबन्धन बनेको छ । तर, प्रदेशमा कसले नेतृत्व गर्ने भन्ने अझै टुंगिएको छैन ।