दाङ, १५ असार । दाङको राजपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
खेतमा काम गरिरहेको समयमा शुक्रबार साँझ करिव साढे ७ बजे परेको चट्याङ लागेर घाइते हुनुभएकी राजपुर गाउँपालिका–२ मटेरिया निवासी करिव ४० बर्षीया भुमिसरा बुढामगरको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका बरिष्ठ प्रहरी निरीक्षक उज्जवल शाहले जानकारी दिए ।
बरिष्ठ प्रहरी निरीक्षक शाहका अनुसार उपचारका लागि लमही अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
लाइभदाङ । १६ असार २०८१, शनिबार ०९:५७ बजे