दाङमा ६ जुवाडे पक्राउ

तुलसीपुर
२३ मंसिर / दाङमा ६ जुवाडे पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालका अनुसारबुधबार राति साढे १० बजेतिर घोराही १३ डुम्मर गाउँ निवासी ३२ वर्षिय निमबहादुर भण्डारीको घरमा अवैध रुपमा जुवा खेलिरहेको अवस्थामा दाङ प्रहरीले एक लाख ९७ हजार सातसय ५५ रुपैया सहित ६ जुवाडेलाई पक्राउ गरिएको हो ।


पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १३ डुम्मरगाउँ निवासी ३२ वर्षीय निमबहादुर भण्डारी, रोल्पा माडी गाउँपालिका ४ निवासी ५७ वर्षीय रणे वली, सोही गाउँपालिका ३ निवासी ४० वर्षीय कुल बहादुर खड्का, सोही ठाउँका ३० वर्षीय रामकृष्ण खड्का, ४० वर्षीय राजेश वली र रोल्पा परिर्वतन गाउँपालिका ४ निवासी ३८ वर्षीय ललित बुढा रहेका छन् ।