दिपक बोहरा,
दाङ, ९ माघ ।
दाङको तुलसीपुरको फोहर ब्यबस्थापनको जिम्मा एक एनजीओलाई दिने तयारी गरिएको छ । ठाउँ–ठाउँमा विवादित बनेको काठमाडौंको ‘इनरिच नेपाल’ नामक संस्थालाई फोहर ब्यबस्थापनको जिम्मा दिने गरि तयारी गरेको हो । त्यसकालागि उपमहानगरपालिकाको कार्यपालिका छैठौं कार्यपालिका बैठकले ठेक्का दिने गरि प्रक्रिया अगाडी समेत बढाएको छ ।
फोहोर ब्यबस्थापनकालागि तुलसीपुर उपमहानगरपालिकाले जेठ महिनामा प्रस्ताबना पेश गर्न आह्वान गरेको थियो । त्यो प्रस्तावना इनरिच नामक संस्थाले प्रस्तुत ग¥यो । त्यसमा तुलसीपुर उपमहानगरपालिका प्रभाबित भयो, र छैठौं कार्यपालिका बैठकले त्यसलाई जिम्मा दिनकालागि विपद ब्यबस्थापन समितिका संयोजक तथा तुलसीपुर ६ का वडाध्यक्ष बर्षात भण्डारीको नेतृत्वमा कार्यदल बनाएको छ । त्यो कार्यदलले प्रतिबेदन तयार गरेपछि मात्रै ठेक्का प्रक्रिया अघि बढ्नेछ ।
इनरिच नेपाल नामक संस्था ल्याएर जीवन थापा आएका थिए । उनले तुलसीपुर उपमहानगरपालिकामा आफ्नो प्रस्ताबना पनि प्रस्तुत गरेका थिए । यस्तै प्रस्ताबना लिएर उनले नेपालगञ्जको कोहलपुर नगरपालिकामा सहित बिभिन्न स्थानमा काम गरेको स्रोतले बताएको छ । त्यति मात्रै होईन्, इनरिच नामक संस्थालाई धनगढी उपमहानगरपालिकामा स्मृती बाटीका निर्माण गरेको भन्दै प्रगति प्रतिवेदनबिना नै ३ लाख ७५ हजार भुक्तानी गरेपछि विवादित बनेको थियो । संस्थासँगको सम्झौतामा कम्तिमा एक हजार विरुवा वृक्षारोपण सफल भइसकेपछि मात्र कार्य सम्पन्न प्रतिवेदनको आधारमा रकम भुक्तानी हुने व्यवस्था थियो । तर, उपमहानगरपालिकाले भने सम्झौतामा उल्लेखित विरुवा रोपण कार्य, हुर्केका बोटविरुवा लगायत बाटीका निर्माणको प्रगति प्रतिवेदनबिना नै एकमुष्ट रुपमा बाटिका निर्माण भएको झुटो विवरण बनाएर भुक्तानी लिएको भन्दै विवादित बनेको थियो ।
यस्तै थुप्रै समस्या ठाउँ–ठाउँमा देखिएपछि तत्कालिन नगरप्रमुख घनश्याम पाण्डेले थापालाई फोहर ब्यबस्थापनको जिम्मा दिएका थिएनन् । तत्कालिन अबस्थामा पनि पटक–पटक उनले फोहर ब्यबस्थापनको जिम्मा पाउनु पर्ने भन्दै लबिङ गरेका थिए । ‘पटक–पटक हामीसंग धेरै पटक आउनु भयो, उहाँले हामीलाई धेरै आस्वासन पनि देखाउनु भएको थियो’, तत्कालिन अबस्थाका एक कार्यपालिका सदस्यले भने‘ उहाँले आबश्यकता भन्दा बढि ललिपप देखाउन थालेपछि हामीले संका मान्यौं र अनुमति दिएनौं ।’
अर्को तर्फ फोहर ब्यबस्थापनको जिम्मा लिएर त्यो अनुसार काम नहुँदा आफूहरुले नै जनताबाट गाली पाउने अबस्था आउने भन्दै उपमहानगरपालिकाले नै यो जिम्मा लिनुपर्ने बताए । निजि क्षेत्रलाई फोहर ब्यबस्थापनको जिम्मा दिदा प्रभाबकारी काम नहुँने भन्दै त्यसरी दिनु गलत हुने जानकारहरु बताउछन् ।
अहिले नै फोहर ब्यबस्थापनको जिम्मा दिने वा नदिने भन्ने कुरा टुंगो नलागेको र आफूहरुले यसमा अध्ययन गरिरहेको कार्यदल संयोजक बर्षाद भण्डारीले बताए ।‘हामीले यसमा छानविन गरिरहेका छौं’,उनले भने‘अहिले जिम्मा दिने कुरा छैन, कार्यदलले प्रतिबेदन तयार पारेपछि त्यही अनुसार नै हामी अघि बढ्छौं ।’ उपमहानगरपालिका उप्रमुख स्यानी चौधरीले भने निजि क्षेत्रसंगको सहकार्य आबश्यक रहेको बताईन् । उनले निजि क्षेत्रसंग मिलेर फोहर ब्यबस्थापन गर्ने बताईन् ।
स्पेनसंग भागीनी सम्बन्ध बनाउने समितिमा पनि छिरे जीवन
फोहर ब्यबस्थापन गर्ने जिम्मा लिने जीवन थापालाई उपमहानगरपालिकाले स्पेनसंग भागीनी सम्बन्ध बनाउने समितिमा पनि राखिएको छ । स्पेनको बिलवाओ सिटीबीच भागिनी सम्बन्ध स्थापना गर्नकालागि बनाईएको समितिमा जीवन थापा परेका हुन् । साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । ९ माघ २०७९, सोमबार ०९:१४ बजे