
दाङ, १ भदौ ।
दाङको तुलसीपुरमा घरको छतबाट खसेर एक बालकको मृत्यु भएको छ । तुलसीपुर ६ घर भई हाल तुलसीपुर ५ बसपार्कमा ठुलावुवा बेद बहादुर बस्नेतकोे घरमा बस्दै आएका ७ बर्षीय बालक आर्यमान बस्नेतको मृत्यु भएको हो । उनी सोमबार विहान ५ बजेतिर पिसाब फेर्न निस्केको बेला बरन्डाबाट खसेर मृत्यु भएको प्रहरीले बताएको छ ।
तीन तला माथिबाट नालामा खस्दा उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । ति बालक आफ्ना ठूला बुवाको छोरासंग सुतेका थिए । एउटै स्कुलमा पढ्ने भएकाले पनि उनी ठुला वुवाको घरमा बस्दै आएको प्रहरीले बताएको छ ।
तर, उनका हजुर आमा र वुवाले घटना शंकास्पद रहेको बताएका छन् । बालककी आमा वैदेशिक रोजगारीमा रहेको र बुवा दोघरे बस्दै आएका छन् । बालकको शव प्रादेशिक अस्पतालको शव गृहमा राखिएको ।



लाइभदाङ । १ भाद्र २०८३, सोमबार २१:४३ बजे