इजरायलमा उपचाररत दाङका प्रबीणको सल्यक्रिया सफल

दाङ, २३ असोज ।
हमासको हमालामा परि इजरायलमा घाइते भएका दाङका प्रबीण डाँगीको शल्यक्रिया सफल भएको छ ।

घाइते डाँगी स्वएंमले आफ्नो शल्यक्रिया सफल भएको भिडियो सन्देश मार्फत उल्लेख गरेका छन् । घाइते डाँगीले आफ्नो भिडियो सन्देश आफन्त र घर परिवारसम्म पु¥याइदिन आग्रहपनि गरेका छन् ।


आफ्ना अभिभावकको मोवाइल नम्बर उल्लेख गर्दै उनले त्यस्तो आग्रह गरेका छन् । दाङको दंगीशरण गाउँपालिका–३ हेकुलीका २३ बर्षीय प्रबीण डाँगीको हमासको आक्रमणमा परि खुट्टामा गोली लागेको उनका बुवा निमबहादुर डाँगीले अभिभावकले यसअघि बताएका थिए ।

यसैबीच नेपाली काँग्रेस दाङका सभापति शंकरप्रशाद डाँगी र काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि डाँगीको घर परिवारमा फोन सम्पर्क गरि प्रबीनको स्वास्थ्य लाभको कामना गरेको सभापति डाँगीले जानकारी दिए ।