डिभाईनमा योग कार्यक्रम

तुलसीपुर, ८ असार । दाङको तुलसीपुर स्थित डिभाईन टेम्पल एकाडेमीले योग सम्बन्धी कार्यक्रम गरेको छ । जुन २१ मा परेको अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा तुलसीपुर ६ स्थित एकाडेमीले योग नृत्य, योगको चर्चा एबम विद्यार्थी शिक्षकहरुले समूहिक रुपमा योग गरेका छन् ।

त्यस अवरसरमा योग तथा बास्तु विज्ञ माधवा शर्मा पोख्रेलल विद्यार्थी र शिक्षकहरुलाई योग सिकाएकी थिइन । त्यस अवसरमा विद्यार्थीहरुले योगनृत्य समेत प्रदर्शन गरेका थिए। शिक्षक प्रकाश भट्टराईले योगको बिषय र कविता बाचन गरेका थिए ।


कार्यक्रममा विद्यार्थीहरुले योग झल्काउने चित्रहरु बनाएका थिए। कार्यक्रममा कक्षा ६ का विद्यार्थीहरुले आफ्नो प्रस्तुति प्रदर्शन गरेका थिए। विद्यार्थीहरु सागर अधिकारी, हर्षिका बोहरा, रेसु केसी, सम्भव गौतम लगायतले योगको चर्चा गरेका थिए। कार्यक्रममा प्रेरक ब्यक्तित्व डिल्ली संगीत बस्नेत, पत्रकार आशिष केसि लगायतले योगको महत्त्वको बिषयमा बिचार राखेका थिए ।

एकाडेमीका संस्थापक प्रिन्सिपल भोजराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण भाइस प्रिन्सिपल महेश लामिछानेले गरेका थिए । एकेडमीले आफ्नो मौलिक कला, सस्कृती र परंरागत शैली अनुसरण गर्नुपर्ने कुरालाई मान्यता राख्दै आएको छ ।