शान्तिनगरमा पांच जनाले उम्मेदवारि फिर्ता लिए

निराश पान्डे
शान्तिनगर, १६ वैशाख । शान्तिनगरमा ५ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

शान्तिनगरका निर्वाचन सहायक अधिकृत यादब भुसालका अनुसार वडा नं। ५ बाट नागरिक उन्मुक्ति पार्टीबाट सदस्य पदको लागि उम्मेदवारि दिएका बाबुराम चौधरी , वडा नं.२ बाट वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका पाबेल केसी,बिरेन्द्र जैसी, वडा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका नर बहादुर ओली र वडा नं। ४ बाट नेकपा एकीकृत समाजबादीबाट सदस्यमा उम्मेदवारी दिएका खिम बहादुर बिकले आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाइएको छ।


काँग्रेसको घरदैलो जारी
नेपाली कांग्रेस बाट अध्यक्ष पदका उम्मेदवार प्रमोद बस्नेतले आफ्नो घर दैलो कार्यक्रमलाई तिब्रता दिएका छन् । आज अध्यक्ष पदका प्रत्यासी प्रमोद बस्नेत र उपाध्यक्ष पदका उम्मेदवार प्रेमा बुढाथोकी केसीले शान्तिनगर गाउँपालिकाको वडा नं. १ को विभिन्न स्थानमा मतदाताहरु संग भेट गरेका छन् ।

अध्यक्षका उम्मेदवार बस्नेतले आफूलाई एक पटक शान्तिनगरको बिकास गर्नका लागि जसरी पनि जिताउन पर्ने बताउदै आएका छन् ।