आफ्नै साथीलाई गोली हानी हत्या गरेको अभियोगमा पक्राउ परेका दुई जना सार्वजनिक

दाङ, ६ माघ ।
गोली हानेर साथीको हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेकालाई दाङ प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङले आज पत्रकार सम्मेलन गरेर दंगीशरण–२ कौवाघारीमा प्रेम कुसारीको गोली हानी हत्या गरेको अभियोगमा दंगीशरण–२ कै छविलाल डांगी र पुष्प बस्नेत पक्राउ परेको जानकारी दिएको हो ।


छविलाललाई बाँकेको कोहलपुर र पुष्पलाई तुलसीपुर बजारबाट पक्राउ गरिएको हो । माघ ३ गते छविलाल र पुष्पले प्रेमलाई गोली हानेर हत्या गरेका थिए । उनीहरूले गोली हानेर पनि जिंगटको रूखबाट खसेर घाइते भएको बताएका थिए । प्रेमको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको थियो ।