विकट खुमखानीमा बल्यो‘विजुली’

दीपक बोहरा
दाङ, १ असार ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ स्थित खुमखानीमा विद्युत पुगेको छ । दाङको विकट ठाउँका रुपमा रहेको खुमखानीमा शुक्रबार पहिलो पटक विद्युत पुगेको हो । यस अघि त्यहाँ विद्युत नहुँदा सोलार र टुक्कीको भर पर्नुपर्ने बाध्यता थियो ।

सोही ठाउँमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ र नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरको सहकार्यमा विद्युत पुगेको हो । विद्युत पुगेसंगै त्यहाँका बासिन्दा खुसी भएका छन् ।“हामीले विद्युत पाउने कल्पना पनि गरेका थिएनौं, अहिलेसम्म सडक पनि पुगेको छैन”,स्थानीय छबि विकले भने “अहिले विद्युत बलेको छ, खुसी भएका छौं, अब घट्ट, पानीका मोटर चल्ने वातावरण बनेमा सहज हुनेथियो ।”

स्थानीयहरुको श्रमदानमा १५ दिनमै सोही ठाउँमा विद्युत बलेको हो । त्यहाँ अझै सडक पुगेको छैन । सडक नपुग्दा पोल ओसारपसारमा केही समस्या भएपनि गाउँका सबै एक जुट भएर ओसार पसार गरेको उनको भनाई छ । १९ लाखको लागतमा सोही स्थानमा विद्युत पु¥याईएको हो । अहिले ‘सिंगल फेज’ लाइन त्यहाँ पुगेको छ । आबश्यकता अनुसार विद्युतको क्षमता विस्तार गरिने विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख शिव नारायण गोशाालीले बताए । उनले पहिलो चरणमा दाङका विद्युत नपुगेका ठाउँमा विद्युत पु¥याउने अभियानमा रहेको बताए ।“दाङमा पनि अझै धेरै ठाउँमा विद्युत नपुगेका ठाउँ पनि रहेछन्”,उनले भने “हामी पहिलो चरणमा विद्युत नपुगेका ठाउँमा विद्युत पु¥याउने अभियानमा छौं, त्यसपछि आबश्यकता अनुसार क्षमता विस्तार गर्न तर्फ लाग्नेछौं ।”

अहिले आफूहरुले जसरी हुन्छ, अन्धकार बस्तिलाई उज्यालो बनाउने अभियानमा लागेको भन्दै दाङमा पछिल्लो एक बर्षमा ६ स्थानमा विद्युत बाल्न सफल भएको समेत बताए ।“खुमखानीकै सन्दर्भमा हामीले ३२ घरकालागि मात्रै १९ लाख खर्च गरेका छौं”, उनले भने “यो भनेको हामी ब्यबसायी मुखी नभई जनतालाई सहज उज्यालो पु¥याउने अभियानमा छौं ।”

उनका अनुसार दंगीशरणको १ फुर्केसल्ली, बबई ७ तल्लो मलै, शान्तिनगर गाउँपालिकाको वडा नं. १ को हारीचारलगायतका बस्ति, वडा नं. ३ का बिकट बस्तिमा बत्ति बालिसकेको बताए । अझै पनि दाङमै केन्द्रीय लाईन नपुगेका स्थानमा विद्युत पु¥याउने गरि हामी लागिरहेका छौं ।


वितरण केन्द्र तुलसीपुरको कार्यक्षेत्र तुलसीपुर उपमहानगरपालिकासंगै बबई, शान्तिनगर र दंगीशरण गाउँपालिका रहेको भन्दै त्यहाँका विकट बस्तिमा पनि विद्युत पु¥याईरहेको उनको भनाई थियो ।

May be an image of 5 people

खुमखानी विगतदेखि नै उपेक्षामा परेको भन्दै यस क्षेत्रमा अहिले धेरै मेहनत पछि विद्युत पुगेको र अब सडककालागि पनि पहल अगाडि बढिरहेको तुलसीपुर ४ का वडाध्यक्ष तुलसी थापाले बताए ।“हाम्रो पालिकाको एउटा विकट ठाउँ खुमखानी हो, त्यहाँ बत्ति थिएन, अहिले हामीले बत्ति पु¥याउन सफल भएका छौं”,उनले भने“अब त्यहाँ सडकको माग जोडतोडले उठेको छ, त्यहाँ सडक पु¥याउन पनि हाम्रो उत्तिकै कसरत छ ।”

अहिले पुगेको विद्युतलाई सहीढंगले प्रयोग गर्न र संरक्षण गर्ने दायित्व स्थानीयको रहेको भन्दै यसमा ध्यान दिन पनि स्थानीयलाई आग्रह गरे । सोही वडाको दद्रेनी ट्रान्समिटरबाट त्यहाँ विद्युत विस्तार गरिएको हो । खुमखानीमा उपल्लो गाउँ, तल्लो गाउँ, च्यानडाँडा र झारगाउँ गरि चारवटा गाउँ छन् ।

जहाँ यस अघि लिफ्टबाट खानेपानी पुगेको छ । त्यो भन्दा अघि खानेपानीको पनि उत्तिकै समस्या थियो । कुनै समय सयौं घरधुरी रहेको सोही ठाउँमा हाल ३२ घरधुरी मात्रै त्यहाँ बस्नेगर्छन् ।