तुलसीपर बसपार्कको पिपलबोटमा ठोक्कियो भारतीय गाडी

तुलसीपुर,१६ माघ । दाङ तुलसीपुर स्थित बसपार्क नजिकै रहेको पिपलबोटमा गाडी ठोक्किदा ३ जना घाइते भएका छन् ।

सोमबार बेलुका ८ बजेतिर भारतीय नम्बर प्लेटको गाडी पिलबोटमा ठोक्किदा तीन जना पैदल यात्रु घाइते भएका हुन् । युपी ७८ सिएन २८१८ नम्बरको गाडी पिपलबोटमा ठोक्किएको प्रहरीले बताएको छ ।


घाइते हुनेमा सल्यान त्रिवेनी गाउँपालिका १ निवासी २४ वर्षिया मनिसा केसी, सल्यान कालिमाटी गाउँपालिका १ घर भई हाल तुलसीपुर ९ मा बस्दै आएकी अनु बुढासहित एक बालक रहेका छन् । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेका उनीहरुको अबस्था समान्य छ ।

दानाको क्यामिकल ल्याएको गाडी दुर्घटनामा परेको हो ।