आज तुलसीपुर साझा हस्पिटलमा वरिष्ठ हर्मोन रोग विशेषज्ञ डा. श्रेष्ठले आउँदै

तुलसीपुर, २८ असार ।
दाङको तुलसीपुरस्थित तुलसीपुर साझा हस्पिटलमा आज असार २८ गते आइतबार विशेष स्वास्थ्य शिविर तथा ओपिडी सेवा सञ्चालन हुने भएको छ । काठमाडौँमा कार्यरत वरिष्ठ थाइराइड, मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डा. सन्दीपचन्द्र श्रेष्ठले बिरामीहरूको प्रत्यक्ष परीक्षण र उपचार गर्ने हस्पिटल प्रशासनले जनाएको छ । डा.श्रेष्ठले हर्मोनसँग सम्बन्धित विभिन्न जटिल समस्याहरूको उपचार गर्ने छन् ।

विशेष गरी रगतमा सुगरको मात्रा कम वा बढी हुने (मधुमेह), थाइराइडका विभिन्न समस्याहरू, शरीरमा हर्मोनको कमी, सेक्स हर्मोनमा देखिने समस्या, महिलाहरूको महिनावारीमा हुने गडबडी र निःसन्तानपन ९क्ष्लाभचतष्ष्तिथ० जस्ता समस्या भएका बिरामीहरूलाई लक्षित गरी यो सेवा सञ्चालन गर्न लागिएको हो ।


यो विशेष ओपिडी सेवा दिउँसो २ बजेदेखि सुरु हुनेछ ।