राप्ती लोकमार्ग स्तरबृद्धि हुँदै, दैनिक १० घण्टा बन्द

तुलसीपुर, ९ जेठ । राप्ती लोकमार्ग अन्तरगत दाङ सल्यान खण्डमा दैनिक १० घण्टा सवारी आवागमण बन्द हुने भएको छ ।

दाङ तुलसीपुर उपमहानगरपालिका– ३ को राम्रीदेखि सल्यानको कपुरकोटसम्मको साँघुरो सडकलाई फराकिलो बनाउने कार्य भइरहेकाले दैनिक १० घण्टा सवारी आवागमन बन्द गर्न गर्न लागिएको जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत निमबहादुर केसीले बताए ।

उहाँका अनुसार जेठ ११ देखि २० गतेसम्म बिहान ११ देखि बेलुका ५ बजेसम्म र राती ९ देखि १२ बजेसम्म आवागमन बन्द गरिने भएको हो ।


उक्त सडक मर्मत हुँदाको क्रममा वैकल्पिक मार्गकारूपमा साना सवारी साधनका लागि पैयाखोरिया, सातवास, किमुचौर हुँदै कपुरकोट सडक व्यवस्था गर्न सकिने बताइएको छ ।

साँघुरो सडक हुँदा आवागमनमा समस्या हुने भएकाले सडक स्तरबृद्धि गर्न लागिएको हो ।