घोराही लमही सडकखण्डमा ट्रक पल्टियो, एक जना च्यापिए

घोराही, २२ भदौ ।
घोराही लमही सडक अवरुद्ध भएको छ । घोराहीबाट लमहीतर्फ जाँदै गरेको लु २ ख ५९३ नम्बरको ट्रक घोराही ३ भैसी बगाउने खोलाका पल्टँदा बाटो अवरुद्ध भएको छ ।


भैँसीको छाला बोकेको ट्रक पल्टेको प्रत्यक्षदर्शीले जनाएका छन । सडकमा पल्टिएको ट्रकमा एकजना च्यापिएको अवस्थामा देखिएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन । घटनास्थलमा प्रहरी पुगेको छ ।