सिसहनियाँमा आत्महत्या रोकथाम सम्बन्धि सचेतना र्‍याली तथा अभिमुखिकरण

सिसहनियाँ, २४ भदौ ।
विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आज सिसहनियाँ बजारमा प्ले कार्ड सहित सचेतना र्‍याली निकालिएको छ । ‘आशा जगाऔँ, जीवन बचाऔँ’ भन्ने मुल नाराका साथ दिवसको अवसर पारेर सचेतनामुलक र्‍याली निकालिएको हो ।

राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा निकालिएको सचेतनामुलक र्‍यालीले सिसहनियाँ बजार परिक्रममा गरिएको हो । जीवन अमूल्य छ, सामाजिक जीवन जिऔँ, अति महत्त्वाकाङ्क्षा त्यागौँ, प्ले कार्ड सहित बजार परिक्रममा गरिएको थियो ।


र्‍याली पछि सिसहनियाँ स्वास्थ्य चौकीमा आयोजित अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख नारायण राउतले पारिवारिक र सामाजिक जीवनशैली अपनाउन सके आत्महत्या न्यूनीकरण हुँदै जाने बताउनु भयो । उहाँले नागरिकलाई मानसिक रूपमा स्वस्थ राख्न योग र नैतिक शिक्षामा विशेष जोड दिइएको बताउनु भयो ।

स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट पदम पौडेलले मानसिक रूपमा कुनै समस्या भए, घरपरिवारका सदस्य माझ राखेमा समाधान हुने बताउनु भयो ।