एकल महिलालाई बाख्रा

दाङ, २४ वैशाख ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ ले अति गरीब एकल महिलाहरुलाई बाख्रा वितरण गरेको छ । बाख्रा पालन गरि आम्दानी बृद्धिकालागि एकल महिला छनौट गरि वितरण गरिएको वडाध्यक्ष खुसीराम चौधरीले बताए । “हामीले अति गरीब एकल महिलाहरुको आम्दानी बृद्धिकालागि बाख्रा वितरण गरेका छौं”, उनले भने “ति बाख्राबाट राम्रो आम्दानी लिनुहुने छ, भन्ने हाम्रो विश्वास छ ।” वडा भित्रका १० जना महिलाहरुलाई छनोट गरिएको हो । एकल महिलाहरुलाई बोयरलगायत उन्नत जातका बाख्रा वितरण गरिएको हो ।

यस अघि बाख्रा पालन गर्दै आएका त्यस्ता महिलाहरुलाई छनोट गरिएको वडा सचिब गणेश आचार्यले बताए । वडाले नै खरिद गरेर बाख्रा वितरण गरेपछि महिलाहरु पनि खुसी भएका छन् ।“बोयर जातका बाख्रा हामीले पायौं”, बुधनी चौधरीले भनिन्“यसले हामीलाई आर्थिक आम्दानीमा टेवा पु¥याउने छ ।” एकल महिलाको आम्दानीको अन्य स्रोत नहुँने भएकाले ब्यबसायिमा टेवा पु¥याउन यस्ता कार्यले महत्वपूर्ण भूमिका खेल्ने अर्की महिला लक्ष्मी घर्तीले बताईन् ।“हाम्रो अरु आम्दानी केही पनि हुँदैन”,उनले भनिन्“त्यसैले पनि वडाले सहयोग गर्दा हामी खुसी भएका छौं ।”


वडाले बाख्रा वितरण मात्रै नभई त्यसको अबस्थाका बारेमा नियमित अनुगमन गर्ने समेत अध्यक्ष चौधरीले बताए । आर्थिक समृद्धिको आधार ब्यबसाय भएकाले अहिले वितरण गरेको एउटा बाख्राबाटै मनग्य आम्दानी भएको देख्ने आफूहरुको चाहाना भएको अध्यक्ष चौधरीको भनाई छ ।“हामीले वितरण गरेको बाख्राबाट मनग्य आम्दानी गर्ने बाटो खुलोस्, भन्ने हाम्रो चाहाना हो”,अध्यक्ष चौधरीले भनिन् “बाख्रा बाटै राम्रो आम्दानी गर्न सकिन्छ, भन्ने हाम्रो बुझाई हो ।” आफूहरु सधै किसानकै पक्षमा रहेकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने समेत अध्यक्ष चौधरीको भनाई छ । साभारः अग्रिम साप्ताहिक