
तुलसीपुर, २२ वैशाख । राष्ट्रियसभा सदस्य तथा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य जगप्रसाद शर्मा‘अपार’ले नेपालमा सहकारी विश्वविद्यालय आबश्यक रहेको बताएका छन् ।
नीति तथा कार्यक्रमको छलफलका सन्दर्भमा सोमबार संसोधन प्रस्ताब दर्ता गर्दै सांसद अपारले सहकारी जस्तो पबित्र संस्थामा विचौलिया घुस्दा बदनामित भएको भन्दै यस्ता कुरा हल गर्न सहकारी विश्वविद्यालय आबश्यक रहेको बताएका हुन् ।
सहकारी समाजवाद निर्माणको आधार भएको भन्दै यसलाई ब्यबस्थित बनाउनु अहिलेको आबश्यकता रहेको समेत उनले बताए ।
साथै उनले नीति तथा कार्यक्रममा नेपालको संविधान अनुसार गणतन्त्र, संघीयता, समावेशीता, समानुपातिक, धर्मनिरिपेक्षतालाई समेट्नु पर्ने बताए ।



लाइभदाङ । २३ बैशाख २०८२, मंगलवार ०७:२१ बजे