ढलेको रुख कुहिएर जाला, तर उपभोक्ताले उठाउन पाउनेछैनन् : भारती

दाङ
१३ पुस /  सामुदायिक बन उपभोक्ता महासंघका अध्यक्ष भारती पाठकले अहिले अन्तिम चरणमा रहेको बन नियमावली अनुसार बनको सबै अधिकारी केन्द्रमै राख्न खोजिएको बताएकी छिन् ।

दाङको तुलसीपुरमा मंगलबार पत्रकार सम्मेलन गरि उनले यस्तो बताईन् ।‘सामुदायिक बनमा कुनै विपत वा अन्य कारणले रुख ढल्यो भनेपनि त्यो रुख कुहिएर जाला, बाढीले बगाउला’, उनले भनिन्‘तर, त्यो रुखलाई उपभोक्ताले केही पनि चलाउन नपाउने गरि नियमावली ल्याईएको छ ।’

ढलेको रुख व्यबस्थापन गर्नकालागि प्रदेशको बन निर्देशनालयमा जानुपर्ने र हाकिमको निर्देशनमा मात्रै त्यो प्रक्रिया अघि बढ्ने भन्द निकै झनझट रहेको बताईन् । यो सबै जिम्मा उपभोक्ता तथा स्थानीय तहलाई दिनुपर्ने उनको भनाई छ । त्यस्तै बन पैदावार निकासीकालागि उपभोक्ताले मात्रै टाँचा लगाएर नहुँने र बन कार्यालयले टाँचा लगाएपछि मात्रै त्यो निकासी गर्न पाईने भएको भन्दै यो निकै झनझट र उपभोक्ताहरुको पहुँच भन्दा बाहिर रहेको समेत बताईन् ।

उनले सामुदायिक बनलाई गरीविको जिविकोपार्जन र उत्पादनसंग जोडेर लग्नु पर्ने भनि बन ऐनमा उल्लेख गरिएको भएपनि त्यसलाई नै खण्डन गर्ने गरि नियमावली आएको समेत बताईन् ।‘यस अघि नै आएको बन ऐनमा हाम्रो समहति बेगर १ॱ÷२ वटा कुराहरु थपिएको भएपनि अधिकांस कुराहरु राम्रा छन्’, उलने भनिन‘तर, अहिले बन नियमावली बनाउँदा त्यही ऐनमा टेकेर बनाउनु पर्नेहो, त्यसो हुन सकेको छैन्, ऐनलाई नै खण्डन गर्ने गरि नियमावली बनाईएको छ ।’


अहिले यस अघि सबैको सल्लाह बमोजिम नियमावली आएको भएपनि ४÷५ महिना नेतृत्व विहीन भएको अबस्थामा कर्मचारीहरुले नियोजित तरिकाले यस्तो नियमावली आएको भन्दै यसको विरुद्धमा आन्दोलनको तयारी रहेको समेत बताईन् ।‘हामीले अहिले देशब्यापी रुपमा पत्रकार सम्मेलन तथा भेटघाट गरिरहेका छौं’, उनले भनिन्‘यति गर्दा पनि हाम्रा माग सम्बोधन भएनन्, भने हामी धर्ना तथा अन्य सडक आन्दोलनहरु गर्नेछौं ।’

यदि यो बन नियमावली लागु भएर कार्यान्वयनमा आए सामुदायिक बनमा केन्द्रीय सरकारको हस्तक्षप हुने र विगतदेखि बन संरक्षण गर्दै आएका स्थानीयहरुको पहुँच भन्दा बाहिर जाने बताईन । त्यसले बन सखाप हुने र बनको अबस्था ३० बर्ष भन्दा पछि धकेलिने उनको भनाई छ ।

बैज्ञानिकका नाममा निकै वेथिति
बैज्ञानिकका नाममा यस अघि पनि सामुदायिक बनमा निकै वेथिति भएको उनले बताईन् । ‘बैज्ञानिकका नाममा स–सना बुट्यान समेत काटेर सखाप बनाईएको थियो’,उनले भनिन्‘यसले बनलाई निकै समस्या बनायो ।’ अहिले पनि बैज्ञानिक बनका नाममा लुम्बिनी प्रदेश सरकारले कार्यविधि बनाउन लागेको समेत उनले बताईन् ।