लुम्बिनीको हिउदे अधिवेशन अन्त्य

दाङ, २ चैत । लुम्बिनी प्रदेशको हिउदे अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार राति १२ देखि हिउदे अधिवेशन अन्त्य गरेका हुन् । नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम चालु अधिवेशन अन्त्य भएको प्रदेशसभा सचिब दुर्लभ कुमार पुनले बताए । चालु अधिवेशन तीन दिन मात्रै चलेको थियो ।

प्रदेश सरकारका प्रबक्ता तथा गृहमन्त्री सन्तोष पाण्डेयका अनुसार कुनै विजनेश नभएकाले चालु अधिवेशन अन्त्य गर्न सिफारिश गरिएको बताए । लुम्बिनीमा २१ फागुनमा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छ ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले एक महिना भित्रमा विश्वासको मत लिनु पर्छ । त्यसलाई छल्नकालागि अधिवेशन अन्त्य गर्न लागिएको हुन सक्ने आँकलन गरिएको छ । लुम्बिनीका मुख्यमन्त्री डिल्ली चौधरी अल्पमतमा परेका छन् ।


सत्ता साझेदर माओवादी केन्द्रसंगै केन्द्रमा जसपा, नागरिक उन्मुक्ती पार्टीले एमाले सहितको नयाँ समीकरणमा समावेश भएपछि लुम्बिनीमा मुख्यमन्त्री चौधरी अल्पमतमा परेका हुन् ।

May be an image of text that says "लुम्बिनी प्रदेश सभा राप्ती उपत्यव तुम्िती मलरहुरी, नेपाल राप्त्री उपत्वका सूचना पत्र-१ प्रदेश सभाको अधिवेशन अन्त्य सम्बन्धी सूचना (सम्वत्२०८० साल चैत्र गते शुक्रबार) नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम माननीय प्रदेश प्रमुख श्री अमिक शेरचनज्यूले सम्वत् २०८० साल चैत्र गते शुक्रबार राती १२:०० बजेदेखि लागू हुनेगरी लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्नु भएकोले लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम ३ को उपनियम (३) बमोजिम माननीय सदस्यज्यूहरुको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको (दुर्लभ कुमार पुन मगर) प्रदेश सभा सचिव R०८3-4९08९_0८२-९०४२८०८३५९०४१९,८२4९०४३ Û wwww.assembly.lumbini.gov.np"