अबको शिक्षा प्रविधिमैत्री हुनु पर्छ : नगर प्रमुख चौधरी

प्रिया स्मृती गजमेर /
लमही, १८ बैशाख  । लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले अबको शिक्षा प्रविधिमैत्री र सीपमूलक हुनु पर्ने बताउनु भयो ।

सोमबार लमही नगरपालिका -७ बनघुस्रीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले शिक्षासंगै प्राविधिक ज्ञान हुनु अहिलेको आवश्यकता हो, यो कुरालाई सबैले बुझ्न जरुरी छ, जो संग प्राविधिक ज्ञान र सीप छ उसैको माग बढी हुन्छ”- उहाँले भन्नू भयो ।

त्यसैगरी लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले अबको शिक्षा प्रविधिमैत्री हुनु पर्ने बताउनु भयो । सबै शिक्षण संस्थामा प्राविधिक शिक्षा अनिवार्य हुनु पर्ने उहाँको भनाई छ ।

प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले शिक्षा क्षेत्रमा पालिकाले ठूलो लगानी गर्दै आएकोले यो मौकालाई भरपुर फाइदा लिन आग्रह गर्नु भयो । पालिकाले उपलब्ध गराएको अवसर प्रयोग गरेको सरकारी सेवामा प्रवेश गर्न सहभागीलाई अनुरोध गर्नु भयो । यता पालिकाले यहाँहरुको उज्वल भविष्यको लागि बजेट विनियोजन गर्ने तपाईंहरु यो कार्यक्रमको महत्त्व बुझ्नु भएन भने लगानी खेर जान्छ यो कुरालाई यहाँहरुले पनि बुझ्नु पर्छ”- प्रमुख प्रशासकीय अधिकृत देवकोटाले भन्नू भयो ।


वडा नम्बर ७ का वडा अध्यक्ष मोहन गिरीले अघिल्लो वर्षदेखि वडा कार्यालयले प्राविधिक र कृषि क्षेत्रमा विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा पढ्नका लागि सिफारिस गरेको र अहिले पनि पढी रहेको बताउनु भयो । “हामीले उनिहरुको पारिवारिक स्थिति बुझ्ने र उनिहरुको चाहना के हो बुझेर सम्बन्धित विद्यालयमा सिफारिस गर्ने गरेका छौं”- गिरीले भन्नू भयो ।

सतबरिया प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कुल बहादुर नेपाली, जिल्ला समन्वय समितिका सदस्य कुल बहादुर बुढा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । तालिममा एक सय जनाले प्रशिक्षण लिने छन ।

लमही नगरपालिका -७ का वडा अध्यक्ष मोहन गिरीको अध्यक्षता तथा लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यता एवम् लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको बिशिस्ट आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा वडा नम्बर ७ का सदस्य उर्मिला चौधरीले स्वागत मन्तव्य राख्नु भएको थियो भने वडा सचिव शेर बहादुर चौधरीले गर्नु भएको थियो ।
सक्सेस टेक्निकल ट्रेनिङ सेन्टरको प्राविधिक सहयोगमा दुई महिनासम्म तालिम संचालन हुनेछ । आजैदेखि वडा नम्बर ७ मा लोकसेवाको नि:शुक्क तयारी कक्षा समेत संचालन भएको छ ।