माओवादी केन्द्र तुलसीपुरको अध्यक्षमा थापा, सचिबमा ढकाल

तुलसीपुर, १३ वैशाख । नेकपा माओवादी केन्द्र तुलसीपुरको अध्यक्षमा मोहन थापालाई चयन गरिएको छ । विहीबार तुलसीपुरमा भएको पार्टीको पूर्ण बैठकले थापालाई अध्यक्ष चयन गरेको हो । थापा यस अघि उपाध्यक्ष थिए । त्यस्तै उपाध्यक्षहरुमा तुलाराम भण्डारी, भिम चौधरी र अमर नेपाली‘माइकल’लाई चयन गरिएको छ ।

भण्डारी यस अघि सचिब थिए, भने चौधरी सहसचिब तथा माईकल कोषाध्यक्ष थिए ।

त्यस्तै सचिबमा शसिकिरण ढकाललाई चयन गरिएको छ । उनी यस अघि कार्यालय सदस्य थिए ।


पार्टीको दोहोरो जिम्मेवारीमा रहन नहुँने पार्टीको विधान अनुरुप आगामी अधिवेशनसम्मकालागि नयाँ कमिटि चयन गरिएको हो । पार्टी नगर अध्यक्ष खुसीराम चौधरीको अध्यक्षता तथा केन्द्रीय कमिटि सदस्य जगप्रसाद शर्मा‘अपार’को प्रमुख आतिथ्यमा बैठक भएको हो । त्यस अवसरमा प्रमुख अतिथि शर्माले बामपन्थी शक्ति निर्माणकालागि जनमत पनि निर्माण गर्नुपर्ने बताए । उनले जनमतबिना बामपन्थी शक्ति निर्माण नहुँने समेत बताए । सामाजिक ब्यक्तीहरुको सहभागिताविना बामपन्थी शक्ति बलियो हुन नसक्ने समेत उनको भनाई छ ।

त्यस्तै बिशिष्ट अतिथि पार्टीका केन्द्रीय सदस्य धनबहादुर मास्की‘राजेश’ले पार्टीमा एकता आबश्यक हुने बताए । बैठकमा पार्टीका केन्द्रीय सल्लाहकार कमिटि सदस्य शेसुराम भण्डारी, दाङ जिल्ला सहइन्चार्ज रामबहादुर दहित, जिल्ला समन्वय समिति संयोजक हरिमान पुन‘बरुण’, तुलसीपुर नगर इन्चार्ज डिल्ली अधिकारीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । बैठकको सहजीकरण सचिब तुलाराम भण्डारीले गरेका थिए ।