तुलसीपुरमा गठबन्धनका उम्मेदवारद्वारा मनोनयन दर्ता

तुलसीपुर
१२ वैशाख / तुलसीपुरमा सत्तापक्ष गठबन्धनले उम्मेदवारी दर्ता गराएका छन् ।

अपरान्ह ४ बजेतिर गठबन्धनबाट मेयर पदका उम्मेदवार काँग्रेसका गेहेन्द्र गिरी र उपमेयर पदका उम्मेदवार जोगबहादुर राणाले उम्मेदवारी दर्ता गराएका हुन् । साथै सबै वडाबाट पनि उम्मेदवारी दर्ता भएको छ ।


उम्मेदवारी दर्ता गर्दै मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीले जनताका हरेक समस्यासंग जुध्ने बताए । उनले न लालपुर्जा विहीनहरुलाई लालपुर्जा दिलाउने समेत बताए ।