माओवादी केन्द्र तुलसीपुर इन्चार्जमा अधिकारी

तुलसीपुर,२० चैत । नेकपा माओवादी केन्द्र तुलसीपुरको इन्चार्जमा डिल्ली अधिकारीलाई चयन गरिएको छ ।

दाङ क्षेत्र नं. ३ स्तरीय बैठकले प्रदेश कमिटि सदस्य अधिकारीलाई इन्चार्जमा चयन गरेको हो । त्यस्तै सहइन्चार्ज चित्रबहादुर खड्कालाई चयन गरिएको छ । त्यस्तै भिमबहादुर वली‘ड्राईभर’लाई दाङ क्षेत्र नं. ३ को इन्चार्ज र प्रेमराज वलीलाई सहइन्चार्ज, पुनम सेर्पाइलीलाई बबईको इन्चार्ज, भिमबहादुर वलीलाई दंगीशरणको इन्चार्ज, खर्के सुनारलाई शान्तिनगर इन्चार्ज, राधिका परियारलाई शान्तिनगर सहइन्चार्ज, गोपाल वली‘प्रविण’लाई ३(२)को इन्चार्ज, इश्वरी पाण्डेलाई ३(२) सहइन्चार्ज, साउने थारु ३(१) इन्चार्ज, खेम वली ३(१)को सहइन्चार्ज, प्रदेश परिषद सदस्यमा तुलसी थापा र शिवानन्द डाँगीलाई चयन गरिएको छ ।


त्यस्तै प्रदेश सल्लाहकारमा जगतबहादुर बस्नेत र केएल भण्डारीलाई चयन गरिएको छ । बैठकमा केन्द्रीय निर्वाचन आयोग संयोजक कुवेर वली, केन्द्रीय सदस्य धनबहादुर मास्कीसहितका नेताको सहभागिता रहेको थियो ।