तुलसीपुर,३ जेठ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.४ स्थित गुरुजजुर माध्यमिक विद्यालय रक्षाचौरमा भएको घटना बारे छानविन गर्न समिति गठन गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिका सदस्य भीमबहादुर योगीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । जसको सदस्यमा वडा नं. ४ का अध्यक्ष तुलसी थापा र सदस्य सचिवमा चक्रबहादुर भण्डारी रहेका छन् ।
समितिले एक हप्तामा छानविन गरेर प्रतिवेदन ल्याउने छ । विद्यालयमा शिक्षकले क्यालेन्डर च्यातेको भन्दै १ जेठमा ब्यबस्थापन समिति अध्यक्ष लोकमनी पोख्रेलले दुई शिक्षकमािथ हातपात तथा दुब्र्यबहार गरेका थिए ।
पूर्व प्रधानाध्यापक प्रमोद आचार्य र पूर्व सहायक प्रधानाध्यापक झग्गु केसीमाथि हातपात गरेका थिए ।
लाइभदाङ । ३ जेष्ठ २०८०, बुधबार ०९:४९ बजे