इट्टा भट्टाको ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

तुलसीपुर, १२ चैत । दाङको तुलसीपुरमा इट्टा–भट्टाको ट्याक्टरले ठक्कर दिदा एक बालिकाको मृत्यु भएको छ ।

तुलसीपुर–१२ ग्वारखोलामा रहेको पशुपती इट्टाभट्टाको ट्याक्टरले ठक्कर दिदा सोही इट्टा भट्टामा काम गर्ने अव्दुल जव्वरको भाँडकी साढे दुई बर्षकी छोरी सुमिनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लका अनुसार आइतबार दिउँसो दुई बजेतिर ठक्कर दिदा गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।


ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।