लुम्बिनीमा नयाँ सरकार गठनकालागि आह्वान

दाङ, ६ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आईतबार राजीनामा दिएसंगै नयाँ सरकार गठनको आह्वान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले सोमबार साँझ साढे ६ बजेसम्मकालागि समय दिएर दावी पेश गर्न आह्वान गरेका हुन् ।

उनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । लुम्बिनीमा अबको सरकारमा एमालेले दावी गर्ने तयारी गरेको छ । काँग्रेसको सहयोगमा नयाँ सरकार गठनकालागि एमालेले दावी पेश गर्ने तयारी गरेको हो ।


८७ सांसद रहेको लुम्बिनीमा बहुमतकालागि ४४ सांसद चाहिन्छ । जहाँ एमालेका २९ र काँग्रेसका २७ सांसद छन् ।

No description available.