देउखुरीमा मोटरसाईकल र बस ठोक्किदा एक जनाको मृत्यु

दाङ,१० चैत । दाङको देउखुरीमा यात्रुबहाक बस र मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

राजपुर गाउँपालिका वडा नंं. ५ नौसहरामा भएको उक्त दुर्घटनामा परि एक जनाको घटनास्थलमै मृत्यु भएको हो, भने एकजना गम्भिर घाईते भएका छन् ।

मृत्यु हुनेमा राजपुर गाउँपालिका-५ नौसहरा निवासी अन्दाजी २४ वर्षिय प्रमोद यादव रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरीले प्रमुख राम बहादुर केसीले जानकारी दिए ।


रा १ ख २३६० नम्बरको बस र रा ७ प २०७ नम्वरको मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो।

सोही दुर्घटनामा सोही गाउँका २४ वर्षिय प्रदीप यादव गम्भीर घाइते भएका छन । घाइते प्रदीपको लमही अस्पतालमा उपचार पछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ । उनको हात भाँचिएको छ भने शरीरमा अन्य भागमा गहिरो चोटपटक लागेको छ । ठक्कर दिने बस र बस चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।