तुलसीपुर उपमहानगरपालिका सबै भन्दा बढि बेरूजु

दीपक बोहरा,
दाङ, ५ बैशाख ।
नेपालका ११ उपमहानगरपालिका मध्ये दाङको तुलसीपुर उपमहनगरपालिकामा सबै भन्दा बढि बेरूजु भएको छ । महालेखा परीक्षणको ६० औं प्रतिवेदन अनुसार तुलसीपुर उपमहानगरपालिकामा सबै भन्दा बढि ६.६९ प्रतिशत बेरूजु देखिएको हो । जुन नेपालका ११ उपमहानगरपालिका मध्ये सबै भन्दा धेरै हो । ३ अरब ५ करोड लेखा परीक्षण रकम मध्ये उपमहानगरपालिकाको २३ करोड ९१ लाख ३७ हजार बेरूजु देखिएको छ । यो आर्थिक वर्ष २०७८/०७९ को प्रतिवेदन हो ।

उपमहानगरपालिकाको यस अघिको तिर्न बाँकी बेरूजु १३ करोड ५७ लाख ६७ हजार रहेको थियो । यो संगै तुलसीपुरको बेरूजु रकम ३७ करोड ५० लाख बढि रहेको छ । त्यस्तै सबै भन्दा कम हेटौडा नगरपालिकाको रहेको छ । जसको ०.७७ प्रतिशत मात्रै बेरूजु देखिएको छ ।

लेखा परीक्षण प्रतिवेदन अनुसार दाङ घोराही उपमहानगरपालिकाको बेरूजु २.५७ प्रतिशत रहेको छ । ५ अर्ब २८ लाख ७३ हजार रूपैँयाको लेखा परीक्षण गर्दा १३ करोड ६१ लाख रूपैँया बेरूजु देखिएको थियो । घोराहीको विगतको तिर्न बाँकी बेरूजु ३३ करोड ८२ लाख २५ हजार रहेसंगै जम्मा बेरूजु रकम ४७ करोड ४३ लाख रहेको छ ।

त्यस्तै दाङको राजपुर गाउँपालिकामा ४.९९ प्रतिशत बेरूजु देखिएको छ । १ अर्ब ९ करोड ३३ लाख लेखापरीक्षण रकम मध्ये ५ करोड ४६ लाख ४४ हजार बेरूजु देखिएको हो । राजपुरको विगतको तिनुपर्ने बेरूजु १६ करोड ६८ लाख ७८ हजार थियो । यो संगै राजपुरमा जम्मा बेरूजु २२ करोड १५ लाख २२ हजार रहेको छ ।

त्यस्तै गढवा गाउँपालिकाको ४.२४ प्रतिशत बेरूजु देखिएको छ । १ अर्ब ६१ लाख २९ हजार लेखापरीक्षण रकम मध्ये ६ करोड ८४ लाख २६ हजार रूपैँया बेरूजु छ । गढवाको विगतका वर्षको तिर्न बाँकी बेरूजु १८ करोड ४७ लाख ३ हजार रहेको छ । यो संगै गढवामा जम्मा तिर्नुपर्ने बेरूजु २५ करोड ३१ लाख २९ हजार रहेको छ ।

यस्तै बंगलाचुली गाउँपालिकामा ३.९३ प्रतिशत बेरूजु देखिएको छ । १ अर्ब ३३ लाख ५० हजार लेखापरीक्षण रकम मध्ये ५ करोड २५ लाख १६ हजार बेरूजु देखिएको छ । बंगलाचुलीमा विगतका वर्षको बेरूजु रकम तिर्न बाँकी ४ करोड ५९ लाख ४८ हजार रूपैँया बेरूजु थियो । यो संगै पालिकाको तिर्न बाँकी बेरूजु रकम ९ करोड ८४ लाख ६४ हजार रूपैँया रहेको छ ।


त्यस्तै लमही नगरपालिकाको ३.७८ प्रतिशत बेरूजु रहेको छ । १ अर्ब ९५ करोड४५ लाख ३१ हजार लेखापरीक्षण रकममा ७ करोड ३८ लाख ३१ हजार रूपैँया बेरूजु रहेको थियो । यस अघि लमहीको बेरूजु रकम ३७ करोड १७ लाख ८४ हजार रूपैँया थियो । यो संगै लमहीमा बेरूजु रकम ४४ करोड ५६ लाख १५ हजार रहेको छ । त्यस्तै राप्ती गाउँपालिकामा २.९९ प्रतिशत बेरूजु रकम रहेको छ । १ अर्ब १३ करोड लेखा परीक्षण रकम मध्ये ३ करोड ३७ लाख ८१ हजार रूपैँया बेरूजु देखिएको छ । राप्तीको विगतको तिर्न बाँकी बेरूजु रकम १० करोड ८७ लाख ७६ हजार छ । यो संगै बेरूजु रकम १५ करोड २५ लाख ५७ हजार रूपैँया रहेको छ ।

त्यस्तै बबई गाउँपालिकामा १ अर्ब ३ करोड ५५ लाख लेखापरीक्षण रकम मध्ये २.३३ प्रतिशत बेरूजु देखिएको छ । महालेखा परीक्षण प्रतिवेदन अनुसार बबईमा २ करोड ४१ लाख ५८ हजार रूपैँया बेरूजु देखिएको छ । सोही पालिकामा विगतको तिर्न बाँकी बेरूजु ४ करोड ९९ लाख ९ हजार छ । यो संगै जम्मा बेरूजु रकम ७ करोड ४० लाख ४७ हजार रूपैँया रहेको छ ।

त्यस्तै शान्तिनगर गाउँपालिकाको बेरूजु २.२६ प्रतिशत रहेको छ । १ अरब १४ लाख ८० हजार लेखा परीक्षण रकम मध्ये २ करोड ५९ लाख रूपैँया बेरूजु देखिएको छ । शान्तिनगरमा गएको वर्षको बेरूजु ४ करोड ९८ लाख ८३ हजार रूपैँया बेरूजु थियो । यो संगै शान्तिनगरमा जम्मा ७ करोड ५८ लाख १७ हजार रूपैँया बेरूजु रहेको छ ।

त्यस्तै जिल्लामा सबै भन्दा कम बेरूजु दंगीशरण गाउँपालिकाको देखिएको छ । गाउँपालिकाले गएको वर्ष १.९ प्रतिशत बेरूजु देखिएको छ । १ अर्ब ११ करोड ८७ लाख रूपैँया लेखा परीक्षण गरिएकोमा २ करोड १२ लाख ११ हजार रूपैँया बेरूजु देखिएको छ । दंगीशरणमा विगतको तिर्न बाँकी ९ करोड ६० लाख ६३ हजार रूपैँया थियो । यो संगै अब पालिकाको जम्मा बेरूजु ११ करोड ७२ लाख ७४ हजार रहेको छ । साभारः अग्रिम साप्ताहिक