बैंक रकम हिनामिना प्रकरण : नक्कली खाता र ऋणी बनाउने ३३ जनालाई कैद सजाय, सञ्चालक समितिलाई सफाइ

दाङ
२५ असार / दाङको नारायणपुर तत्कालिन वेष्टर्न डिभ्लोपमेन्ट बैंक लिमिटेडको १८ करोड रकम हिनामिना प्रकरणमा ५६ प्रतिबादी बारे उच्च अदालत तुलसीपुरले फैसला गरेको छ । जसमा ३३ जनालाई जरिवाना र कैद फैसाल सुनाएको छ । उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश निता दिक्षित गौतम र न्यायाधीश राजाराम सिलवालको इजालालले नक्कली खता र ऋणी बनाउन सहयोग गरेको भन्दै ३३ जनालाई कैद तथा जरिवानाको फैसला सुनाएको हो ।

बैंक हिनामिना प्रकरणका मुख्य आरोपित तत्कालिन बैंकका नारायणपुर शाखा प्रमुख समिर बुढाथोकीले ३६ वटा नक्कली कर्जा खाता र ऋणी बनाएर अन्य ३३ जनाको खातामा रकमान्तर गरेको अदालतको ठहर छ । मुख्य प्रतिवादी बुढाथोकीको हकमा भने ३ बर्ष भन्दा बढि सजाय हुने भएकाले छुट्टेै सजाय निर्धारण समितिमार्फत पुन पेसी चढाई कैदको फैसला हुनेछ । उनले सजायका लागि असार २८ गतेको लागि पेशी तोकिएको छ ।

उनले साविक वेष्टर्न डेभलपमेन्ट बैंकमा २०७४ फागुनदेखि २०७६ जेठसम्म बिभिन्न ३६ वटा नक्कली कर्जा खाता खोली १७ करोड ९९ लाख ९० हजार बराबरको कर्जा सिर्जना गरेका थिए । सोही रकम उनले बसन्तबहादुर बस्नेतसहित ४५ जनाको खातामा पठाएका थिए । उनीहरूले उक्त रकम झिकेर प्रयोग गरेको फैसलामा उल्लेख छ ।

कैद तथा जरिवानाको सजाय फैसला भएका मध्ये एक बर्ष भन्दा कम फैसला भएका प्रतिवादीहरुलाई प्रत्येक दिनको तीनसयका दरले रकम लिएर कैद बस्न नपर्ने पनि फैसला छ । जसमा बसन्त बस्नेत( २ बर्ष), मनोज केसी(२ बर्ष), रोशन बस्नेत( १ बर्ष ६ महिना), झगबहादुर डीसी(१ बर्ष ६ महिना) फैसला गरिएको छ । त्यो बाहेक अन्य २९ जनालाई एक बर्ष र त्यो भन्दा कम कैद सजायको फैसला गरिएको छ ।

त्यस्तै बैंकका सञ्चालक खिमबहादुर डीसी, अनिल कुमार न्यौपाने, सञ्चालक समिति अध्यक्ष ओमभक्त बुढाथोकी, सदस्यहरु अर्जुन कुमार बुढाथोकी, निर्मल देबकोटा, खड्ग बुढाथोकी,बेगमबहादुर भण्डारी र शेषमणी गौतमलाई कसुर नठहर्ने भन्दै सफाई दिएको हो । त्यस्तै लेखा परीक्षक प्रेम भुर्तेल, सृजना पछाई,राजेन्द्र न्यौपाने, विनोद डाँगीलाई समेत सफाई दिईएको छ ।


त्यस्तै अदालतले फरार प्रतिवादीहरु मदन डीसी र यज्ञबहादुर वलीको मुलतवीमा राखिएको छ । उनीहरु अदालतको म्याद भित्र उपस्थित नभएकाले मुलतवीमा राखिएको हो ।

तीन वर्ष पहिले घोराही उपमहानगरपालिका–१० नारायणपुर बजारमा शाखा कार्यालय रहेको बैंकमा हिनामिना भएको सार्वजनिक भएको थियो र त्यसपछि बैंकको केन्द्रीय समितिले बैंकका कर्मचारी र तत्कालिन अवस्थाका वेष्टर्न डेभलपमेन्ट बैकका सञ्चालक समिति सदस्यविरूद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर भएको थियो । उच्च अदालतल तुलसीपुरले बैंकिङ कसुरसम्बन्धी मुद्दा हेर्ने अधिकार पाएपछि पहिलो मुद्दाको रूपमा बैंकको १८ करोड हिनामिनाको मुद्दा दर्ता भएको थियो । पहिलो मुद्दालाई तीन वर्ष लगाएर बैंकले किनारा लगाएको छ ।
निरन्तरको बहसपछि बिहीबार ९ बजे राति मात्रै फैसला भएको हो ।

कसलाई कति जरिवाना तथा कैद?

१. बसन्तबहादुर बस्नेत( २ करोड १५ लाख ३६ हजार २५० रुपैयाँ जरिवाना र २ वर्ष कैद।
२ मनोज केसी( १ करोड ४ लाख ११ हजार ७४६ रुपैयाँ जरिवाना २ वर्ष कैद।
३. रोशन बस्नेत(७१ लाख ८२ हजार ५०० रुपैयाँ जरिवाना र १ वर्ष ६ महिना कैद।
४. झगबहादुर डिसी( २० लाख ३१ हजार ५०० रुपैयाँ जरिवाना र १ वर्ष ६ महिना कैद।
५. विनोद खड्का( ५९ लाख ७५ हजार रुपैयाँ जरिवाना र १ वर्ष कैद।
६. शान्ति केसी( २ लाख रुपैयाँ जरिवाना र १० दिन कैद।
७. मुकेशकुमार गुप्ता( ४ लाख ५० हजार २५० रुपैयाँ जरिवाना र १५ दिन कैद।
८. सन्जय बगाले( १८ लाख ६२ हजार ५०० रुपैयाँ जरिवाना र १ वर्ष कैद।
९. विनोदकुमार वली( १५ लाख ३० हजार रुपैयाँ जरिवाना र १ वर्ष कैद।
१०. विजया शर्मा( १० लाख २५ हजार रुपैयाँ जरिवाना र १ वर्ष कैद।
११. विजयकुमार गुप्ता( ७ लाख ८२ हजार ५०० रुपैयाँ जरिवाना र १५ दिन कैद।
१२. जीवराज रावत( ९ लाख रुपैयाँ जरिवाना र २० दिन कैद।
१३. अर्जुन बस्नेत( १३ लाख २५ हजार रुपैयाँ जरिवाना र १ वर्ष कैद।
१४. नोमबहादुर बुढाथोकी( ७ लाख ५० हजार रुपैयाँ जरिवाना र १५ दिन कैद।
१५. वीरेन्द्रकुमार गुप्ता( ९ लाख ८७ हजार ५०० रुपैयाँ जरिवाना र २० दिन कैद ।
१६. प्रेमबहादुर बुढाथोकी( ७ लाख रुपैयाँ जरिवाना र १५ दिन कैद।
१७. किरण रावत( ६ लाख ९३ हजार रुपैयाँ जरिवाना र १५ दिन कैद।
१८. नोखमतीकुमारी बस्नेत( ६ लाख ३२ हजार ५०० रुपैयाँ जरिवाना र १५ दिन कैद।
१९. डेमकला खड्का( १४ लाख २५ हजार रुपैयाँ जरिवाना र १ वर्ष कैद।
२०. नरबहादुर कार्की( ५ लाख ९५ हजार रुपैयाँ जरिवाना र १५ दिन कैद।
२१. धनेश्वर आचार्य( ५ लाख रुपैयाँ जरिवाना र १५ दिन कैद सजाय।
२२. द्रोणबहादुर केसी( ५ लाख रुपैयाँ जरिवाना र १५ दिन कैद।
२३. रामबहादुर घर्ती( ७ लाख ७५ हजार रुपैयाँ जरिवाना र १५ दिन कैद।
२४. केशवी बुढाथोकी( ५ लाख रुपैयाँ जरिवाना र १२ दिन कैद।
२५. बसन्त बुढाथोकी( ३५ हजार ७७२ रुपैयाँ जरिवाना र ४ दिन कैद।
२६. शरद पोखरेल( ३ लाख रुपैयाँ जरिवाना र १२ दिन कैद।
२७. मतकुमार पौडेल( २ लाख ५० हजार रुपैयाँ जरिवाना र १० दिन कैद।
२८. नरसिंह विश्वकर्मा( २ लाख ५० हजार रुपैयाँ जरिवाना र १० दिन कैद।
२९. शालिकराम केसी( २ लाख ५० हजार रुपैयाँ जरिवाना र १० दिन कैद।
३०. खुवीराम न्यौपाने( २ लाख रुपैयाँ जरिवाना र १० दिन कैद।
३१. रविनकुमार डाँगी( १ लाख ७५ हजार ५०० रुपैयाँ जरिवाना र १० दिन कैद।
३२. हेमन्त पुन मगर( ५० हजार रुपैयाँ जरिवाना र ५ दिन कैद।
३३. बालिका महरा( २५ हजार रुपैयाँ जरिवाना र ४ दिन कैद।