नदिनज्य पदार्थ उत्खनन्को आर्थिक लेनदेन प्रकरणमा पत्रकार महासंघको ध्यानाकर्षण

तुलसीपुर, २३ असार ।
राप्ती गाउँपालिकाको प्रगन्ना सिँचाई कुलो खन्ने जिम्मेवारी लिएको अनन्त कन्ट्रक्सन प्रालिले ढुंगाजन्य पदार्थ उत्खनन् गर्दा केही पत्रकार लगायत जिल्लाका प्रशासन तथा सुरक्षा प्रमुख, जनप्रतिनिधी लगायतका व्यक्तीलाई रकम बाँडेको घटना सार्वजनिक भएकोप्रति नेपाल पत्रकार महासंघ दाङ शाखाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

यस घटनाबारे आवश्यक अनुससमेत गरेको छ । कुनै पनि अवैध कामको ढाकछोप गर्ने वहानामा पत्रकारका नाममा कुनै पनि रकम दिने काम नगर्न र कसैले रकम मागेमा तत्काल नेपाल पत्रकार महासंघमा जानकारी गराउन सम्बन्धित सबैलाई आह्वान गरिएको छ ।


पत्रकार महासंको आज बसेको पदाधिकारी, सल्लाहकार र सञ्चार संगठनका प्रतिनिधिहरुको संयुक्त बैठकले प्रगन्ना सिँचाई कुलो सिचाईको योजनामा पत्रकारका नाममा रकम बाँडिएको भन्ने विषयमा छानविन गरि असार ३१ गतेभित्र प्रतिवेदन पेश गर्न महासंघले समिति समेत गठन गरेको छ । जसको संयोजक– दुर्गालाल केसी, सदस्य सन्तोष सुवेदी र उदय बिसी रहनु भएको छ ।