लुम्बिनी प्रदेश निजामति विद्येयकमा सुझाब माग

दाङ,२५ साउन । लुम्बिनी प्रदेश सभाको प्रदेश मामिला तथा कानुन उपसमितिले विचाराधिन अबस्थामा रहेको निजामति विद्येयकमा सुझाब दिन आह्वान गरेको छ ।

विहीबार सूचना जारी गर्दै समितिमा विचाराधिन अबस्थामा रहेको ‘प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा ब्यबस्थापन गर्न बनेको विद्येयक २०८०’ का सम्बन्धमा उपयुक्त सुझाब दिन सूचना जारी गरेको छ ।


विहीबार दिउसो साढे २ बजे सूचना जारी गर्दै ७२ घण्टा भित्र सूचना दिन सूचना जारी गरिएको हो । निजामति सेवा समूह विभाजन, कर्मचारी भर्ना प्रक्रिया, कर्मचारी बढुवा, कर्मचारी कार्यक्षमता र कार्य सम्पादन मूल्यांकन, कर्मचारी अबकास, कर्मचारी आचरण, कर्मचारीको आधिकारिक ट्रेड युनियनलगायतका विषयमा सुझाब माग गरिएको हो । फोन र इमेलबाट सुझाब टिपाउन सकिनेछ ।