प्रहरीमाथि गोली प्रहार गरि हत्या गर्ने श्रीमान पक्राउ, श्रीमान पनि प्रहरी

दीपक बोहरा
दाङ, ३ फागुन । दाङमा आफ्नै श्रीमानको गोली प्रहारबाट एक महिला प्रहरीको मृत्यु भएको छ ।

दाङ घोराहीको दामोदर चोकमा डिउटीमा खटिएका प्रहरी जवान धनमाया थापाको गोली प्रहारबाट मृत्यु भएको दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले बताउनुभयो । उनी वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत थिइन ।


विहीबार साँझ साढे ८ बजेतिर पल्सर ‘टु ट्वाईन्टी’ मोटरसाईकलमा आएर बाँकेमा कार्यरत रहेका प्रहरी यमबहादुर झाँक्रीले श्रीमति माथि गोली प्रहार गरि हत्या गरेका हुन् ।

श्रीमति थापा माथि तीन राउन्ड पेस्तोलको गोली चलेको थियो । घटनाका बारेमा अनुसन्धान भइरहेको सीडीओ सुवेदीले बताउनुभयो । घरासयी विवादका कारण गोली प्रहार गरिएको हुन सक्ने आँकलन गरिएको छ । गोली प्रहार गर्ने झाँक्रीलाई लमहीबाट पक्राउ गरि घोराही लगिएको छ ।